एएफसी यू-२३ एसियन कप छनोट: नेपाली यू-२३ राष्ट्रिय फुटबल टोलीको घोषणा

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एएफसी यू-२३ एसियन कपको छनोट चरणका लागि नेपाली यू-२३ राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ।

आगामी साताबाट सुरु हुने छनौट चरणका लागि प्रशिक्षक बालगोपाल महर्जनले आइतबार २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरेका हुन् ।

एएफसी यु–२३ एसियन कप छनोट अक्टोबर २५ देखि ३१ सम्म ताजकिस्तानमा हुँदैछ । समूह ‘बी’ मा रहेको नेपालले ताजिकिस्तान, इरान र लेवनानसँग प्रतिस्पर्धा गर्ने भएको छ।

नेपालले हालसम्म यू-२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको अवस्था छैन।

यसपटक प्रशिक्षक महर्जनले यसै साता साफ च्याम्पियनसीपमा सिनियर टोलीमा रहेका ६ खेलाडीलाई समावेश गर्दै अन्तिम २३ टोलीको नाम सार्बजनिक गरेका छन्।

२३ सदस्यीय अन्तिम टोली :

गोलकिपर – अर्पण कार्की, विशाल सुनार, अभिषेक बराल

डिफेन्डर – सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दिप पौडेल, अभिषेक लिम्बु, शिव गुरुङ

मिडफिल्डर – नितिन थापा, सुरज ज्यु ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्वे, अनिल महर्जन, राजीव लोप्चन, शिशिर लेखी, आकाश बुढामगर, एरिक विष्ट, रोशन पहारी

फरवार्ड – मनिष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, ऋतिक कुमार खड्का

 

Leave a Reply

Next Post

नेपाल संगैको स्कटल्याण्डको विश्वकपमा ऐतिहासिक जित

Mon Oct 18 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| टीट्वेन्टी विश्वकप प्रतियोगिता अन्तर्गत गएराति सम्पन्न खेलमा बङ्गलादेशलाई पराजित गर्दै स्कटल्याण्डले इतिहास रचेको छ। ओमान स्थित अल अमिरत खेल मैदानमा भएको खेलमा बङ्गलादेशलाई ६ रनले पराजित गर्दै स्कटल्याण्डले आफ्नो विश्वकप इतिहासमै सबैभन्दा ठूलो जित हात पारेको छ। टस जितेर पहिले फिल्डिङ रोजेको बङ्गलादेशले निर्धारित २० ओभरको […]
%d bloggers like this: