एएफसी यू-२३ छनोट : पहिलो खेलमा नेपाल इरानसँग भारी अन्तरले पराजित

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एएफसी यू-२३ एसियन कप छनौट चरण अन्तर्गत सोमबार भएको समूह चरणको पहिलो खेलमा इरानसँग नेपाली राष्ट्रिय यू-२३ फुटबल टोली चार शून्य गोल अन्तरले पराजित भएको छ।

ताजिकिस्तानको दुशान्बेस्थित सेन्ट्रल रंगशालामा भएको खेलमा नेपालले इरानलाई पहिलो हाफमा बराबरीमा रोकेको थियो।

पहिलो हाफमा नेपालका अविशेक लिम्बुले इरानी खेलाडीलाई आफ्नै डी एरियामा फल गर्न पुग्दा पाएको पेनाल्टीमा इरानका कप्तान चुक्न पुगेका थिए।

तर दोस्रो हाफमा कम्ब्याक गरेको बलियो प्रतिद्वन्दी विरुद्ध  नेपाली टोलीले राम्रो प्रदर्शन गर्न नसक्दा इरानले ४ गोल गर्न भएको थियो।

दोस्रो हाफको ४७ औं मिनेटमा मेहदीले गोल गर्दै इरानी टोलीलाई अग्रता दिलाएका थिए । इरानका लागि होसेनले खेलको ७७ औं र ७९ औं मिनेटमा गोल गर्दै ३-० को अग्रता दिलाए। यासिनले इन्ज्युरी समयको चौथो मिनेटमा गोल गर्दै नेपाल विरुद्ध ४-० को सहज जित निकाल्न सफल बनाए।

नेपालले अब बिहिबार हुने आफ्नो दोस्रो खेलमा आयोजक राष्ट्र ताजकिस्तानको सामना गर्दैछ।समूह चरणको शीर्ष टोली सिधै अन्तिम चरणमा छनोट हुनेछ।

४० राष्ट्रिय टोलि सम्मिलित यस चरणमा कुल एघार समूह गरेर सहभागी टोलीहरुलाई बाँडिएको छ। छनौट चरणबाट कुल १६ टोलिले उज्बेकिस्तानमा हुने यु-२३ एसियन कपमा सहभागिता जनाउने छन्।

 

 

 

 

 

 

Leave a Reply

Next Post

ओले गनर सोल्सायरलाई तत्काल बर्खास्त गर्न म्यानचेस्टर युनाईटेड गम्भीर विचार गर्दै

Mon Oct 25 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर युनाइटेडले लिभरपुलसँग आइतवारको घरेलु हारको जवाफमा क्लबको अर्को खेल अघि प्रबन्धक ओले गुन्नार सोल्स्कजायरलाई बर्खास्त गर्ने गम्भीर विचार गरिरहेको कुरा मिडियामा आएको छ। युनाइटेडले शनिबार प्रिमियर लिगमा टोटेनहमको यात्रा गर्ने छ। तर सोलसायर अहिले आफ्नो लगभग तीन वर्षको अवधिमा सबै भन्दा बढी दबाबमा भएको घडीमा […]
%d bloggers like this: