एएससि कप: पहिलो हाफमा मछिन्द्रको खराब प्रदर्शन

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एएफसी कप अन्तर्गत ब्लु स्टार विरुद्ध को पहिलो हाफमा मछिन्द्र २-० ले पछि परेको छ।

घरेलु मैदानमा आक्रामक सुरुवात गरेको मछिन्द्रले खेलको सुरुवातमा निकै दबाब बनाएको थियो।

खेलको पहिलो मिनेटमै सुजल श्रेष्ठको क्रस ब्लु स्टारका किपर लकप्रिय फर्नान्डोले बचाएका थिए।

त्यसै गरी दोस्रो मिनेटमा सुनिल बलले प्रहार गरेको फ्रीकिकलाई ब्लु स्टारको वालले सहजै बचाएको थियो।

ब्लु स्टारका ओम्बबेले पाँचौं मिनेटमा गरेको फितलो प्रहार किपर विशाल श्रेष्ठले सहजै बचाव गरेका थिए।

आठौं मिनेटमा मछिन्द्रले पाएको राम्रो मौकामा फरवार्ड नुर्लानले फार पोस्टमा गरेको प्रहार निकै नजिकबाट बाहिरिँदा खेलमा अग्रता लिने मौका गुमेको थियो।

पहिलो हाफमाको पुरबार्धमा निकै कम आक्रमण गरेको ब्लुस्टारले सुरुमै अग्रता लिने राम्रो मौका खेर फ्यालेको थियो।

खेलको पन्ध्रौं मिनेटमा ब्लु स्टारले पेनाल्टीमा पाएको सुनौलो अवसर सदुपयाेग गर्न सकेन। उसका मिडफिल्डर ओम्बबेले गरेको प्रहार किपर विशाल श्रेष्ठले शान्दार बचाव गरेका थिए।

लगत्तै मछिन्द्रले पाएको कर्नरमा कप्तान सुजल हेडर पोस्टको निकै नजिकबाट बाहिरिएको थियो।

पहिलो हाफको मध्यान्हमा पाएको मौकामा निकै चतुर्याईका साथ ब्लु स्टारले गोल गर्न सफल भएको थियो। पाएको फ्रीकिक मौकामा मोहमद ईशान ले गोल गर्दै ब्लु स्टारलाई अग्रता दिलाएका थिए।

पहिलो गोल पछि निकै आत्मविश्वासी देखिएको पाहुना टोलीले अर्को गोल शेनल संदेश मार्फत गरेको थियो। खेलको २८औं मिनेटमा फार पोस्टमा किपर विशाललाई शानदार बिट गर्दै टोलीका लागि दोस्रो गोल थपेका थिए।

खेलमा दुई गोलले पछि परेपछि मछिन्द्रको खेल सुस्ताएको थियो।

४५ औं मिनेटमा रञ्जित धिमालले गरेकाे प्रयास पोस्ट नजिकै बाट बाहिरिएको थियो।

Leave a Reply

Next Post

डिजिटल गढी प्रिमियर लिगलाई चौधरी ग्रुपले प्रायोजन गर्ने

Tue Apr 5 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| प्रदेश नं १ कै पहिलो फ्रेन्चाईज क्रिकेट प्रतियोगिता, डिजिटल गढी प्रिमियर लिगको मुख्य प्रायोजन चौधरी ग्रुपले गर्ने भएको छ। प्रतियोगिता डिजिटल गडी निर्माण अभियानको आयोजना र सुनसरी जिल्ला क्रिकेट संघको व्यवस्थापनमा हुने भएको छ। प्रदेश नं १ कै पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता डिजिटल गडी प्रिमियर लिगमा […]
%d bloggers like this: