हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। नेपाल स्पोर्ट्स पत्रकार संगद्वारा आयोजित पल्सर ईनएसजेएफ स्पोर्ट्स अवार्ड्स अन्तर्गत नेपालीराष्ट्रिय फुटबल टोलि सम्मानित।
२०७७ सालमा भएको त्रिङ्कोणात्मक शृंखलामा ऐतिहासिक सफलता प्राप्त गरेको नेपाली फुटबल टोलिले ‘ टिम अफ द इयर ‘ को अवार्ड पाएको हो।
उक्त शृंखलामा नेपाल, बंगलादेश र किर्गिस्तानबीच भएको थ्री नेसन्सकपमा नेपालले फाइनल खेलमा २-१ को स्कोरले बंगलादेशलाइ पराजित गर्दै ३७ बर्ष पछि पहिलो अन्तर्राष्ट्रिय शृंखलामा जित हासिल गरेको थियो। उक्त जित संगै नेपालले ५००० अमेरिकी डलरको पुरष्कार पाएको थियो।
बाल गोपाल महर्जनको प्रशिक्षणमा रहेको राष्ट्रिय टोलिले कोरोनाको डर संसारभरि रहिरहेको बेलापनि आफ्नो तर्फबाट १००% प्रयास र प्रदर्शन देखाउन सफल राष्ट्रिय फूटबल टोलिनै यस अवार्डको योग्य रहेको थियो।
उक्त शृंखलाको अन्तिम खेलमा नै नेपालका लेजेण्ड फुटबल खेलाडि बिराज महर्जनले सन्यासको घोषणा गरेका थिए।