हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आफ्नो नवजात शिशुलाई श्रद्धाञ्जली दिएका लिभरपुल र म्यानचेस्टर युनाइटेडका फ्यानहरूलाई रोनाल्डोले धन्यवाद दिएका छन्।
मंगलबार पाँच पटकको बालोन डी’ओर विजेता क्रिस्टियानो रोनाल्डोका लागि लिभरपुलका समर्थकले बिशेष ध्वनि गुन्जाएका थिए।
आफ्ना जुम्ल्याहा मध्येका एक रहेका नवजात छोराको निधन पश्चात रोनाल्डो परिवार निकै विक्षिप्त बनेको थियो।
आफ्नो नवजात छोरा गुमाएपछि रोनाल्डोले एनफिल्डमा चिर प्रतिद्वन्द्वी लिभरपुलसँग युनाइटेडको खेल गुमाएका थिए।
दुवै टोलीका सर्मथकले रोनाल्डोलाई बिशेष सदभाब प्रदान गर्ने क्रममा उनका लागि खेलको सातौं मिनेटमा तालि बजाईएको थियो।
लिभरपुलका फ्यानहरूले पनि रोनाल्डोलाई अंकित गर्दै यस दुखद घडीमा सबै साथ छौ भन्दै यु विल नेभर वाक अलोनको कोरस गुनगुनाएका थिए।
आफ्नो छोराको मृत्यु पुष्टि गरेपछि आफ्नो पहिलो पटक इन्स्टाग्राम पोस्टमा, रोनाल्डोले सन्देशको साथमा त्यो क्षणको क्लिप पोस्ट गर्दै सबैलाई धन्यवाद दिएका छन्।
“एउटै विश्व… एक खेल… एक विश्वव्यापी परिवार… धन्यवाद, एनफिल्ड,” उनले लेखे।
“म र मेरो परिवारले यो सम्मान र करुणाको क्षणलाई कहिल्यै बिर्सने छैन।” उनले थपे।
रोनाल्डो र रोड्रिग्वेजले सोमबार सामाजिक सञ्जालमा छोरीको जन्मले यस क्षणलाई आशा र खुशीका साथ बाँच्न बल दिएको र उपचारमा संलग्न डाक्टर र नर्सहरूलाई विशेषज्ञ हेरचाह र सहयोगको सधैं धन्य रहेको बताएका थिए।
“हामी सबै यस क्षतिमा विक्षिप्त भएका छौँ र हामी यो धेरै कठिन समयमा गोपनीयताको लागि अनुरोध गर्दछौं।” उनले लेखेका थिए।
अझ म्यानचेस्टर युनाईटेड र लिभरपुल बीच जस्तो कट्टर प्रतिद्वन्दिता रहेको छ, त्यसमा पनि कट्टर प्रतिद्वन्द्वीका खेलाडीका लागि सहानुभूति प्रदान गर्नु वास्तवमै अनुकरणीय रहेको छ।
खेलमा लिभरपुलले म्यानचेस्टर युनाईटेड विरुद्ध सहज जित निकाले पनि उक्त कदमले संसारभरिकै फुटबल प्रेमीहरु को मन जित्न सफल भएको थियो।
विश्व फुटबल जगतका महान हस्तीहरुले लिभरपुल समर्थकको उक्त कदमलाई उच्च सम्मान दिएका थिए।