हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिश च्याम्पियन म्यानचेष्टर सिटी घरेलु प्रतियोगिता एफए कपको अन्तिम १६ मा प्रवेश गरेको छ।
घरेलु मैदानमा फुल्ह्याम विरुद्ध ४-१ को फराकिलो जित निकाल्दै इंग्लिश महारथी म्यानचेष्टर सिटी एफए कपको अन्तिम १६ मा प्रवेश गरेको हो।
पहिलो हाफको चौथो मिनेटमै एक गोलले पछि परेको स्थिति लाई उल्टाउँदै म्यान्चेष्टर सिटीले उत्कृष्ट पुनरागमन जित निकालेको थियो।
फाबियो कार्भाल्होको प्रारम्भिक फुलह्याम गोललाई पराजित गर्दै च्याम्पियनशिप लिडरहरू विरुद्ध इन्ग्लिश लिडर सिटिले जित निकाल्न सफल भएको हो।
पहिलो हाफमै इल्के गुन्डोगन र जोन स्टोन्सले तुरुन्तै टर्नअराउन्डको लागि गोल गर्दै घरेलु टोलीलाई हाफमा २-१ को स्थितिमा पुर्याएका थिए।
पहिलो हाफको चौथो मिनेटमै फाबियो कार्भाल्होको गोल मार्फत पाहुना टोलीले अग्रता बनाएको थियो। तर सिटीका लागि मिडफिल्डर इल्काए गुण्डोगनले छैठौ मिनेटमा र डिफेन्डर जोन स्टोन्सले १३ मिनेटमा गोल फर्काएका थिए।
रियाह महरेजले घरेलु टोलीको दोस्रो हाफमा दुई गोल थपेपछि २०१९ को कप च्याम्पियन सिटिले च्याम्पियनशिप टोलि विरुद्ध सहज जित निकाल्न सफल भएको थियो।
विंगर रियाद महारेजले दोस्रो हाफको ५३औ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै टोलीको लागि तेस्रो तथा व्यक्तिगत पहिलो गोल गरेका थिए। सिटीका लागि तेस्रो गोल गरेको केहि समय नबित्दै ५७औ मिनेटमा व्यक्तिगत दोस्रो र टोलीको लागि चौथो गोल थप्दा सिटीले ४-१ ले खेल आफ्नो पक्षमा परेको थियो।
खेलको ८९औ मिनेटमा सिटीका लागि लियम देलापले गोल गरेपनि अफसाइड घोषित हुँदा सिटीको पाँचौ गोल गर्ने मौका गुमेको थियो।