एफसी यु-२३ छनौट: नेपाली यु-२३ राष्ट्रिय टोलीले आज इरानको सामना गर्दै

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एएफसी यु-२३ एसियन कप छनौट चरणमा आज नेपालले बलियो प्रतिद्वन्दी इरानको सामना गर्दैछ।

समूह बी मा रहेको नेपालले पामिर रंगशालामा आज दिउँसो इरानको यु-२३ टोली सँग प्रतिष्पर्धा गर्नेछ।

नेपाली टोलीले अहिले सम्म छनौट चरण पार गरेको अवस्था भने छैन तर टोलीबाट सकारत्मक नतिजा निकाल्ने लक्ष्य रहेको टिमका प्रशिक्षक र कप्तानको बिश्वास रहेको छ।

इरान बिरुद्धको खेल अघि पत्रकार सम्मेलनमा बोल्दै कप्तान अर्पण कार्की भन्छन -“हामी एक टीम को रूप मा सबै प्रशिक्षण सत्रहरु गर्दैछौं, राम्रो गरीरहेछौं। इन्डोनेसिया संगको मैत्रीपूर्ण खेलले हामीलाई हामीलाई चाहिने केहि कुरामा काम गर्न मद्दत गरेको थियो।“

प्रशिक्षक बालगोपाल महर्जनले भने तयारी समय थोरै भएको भन्दै गुनासो पोखेका थिए।

“एक प्रशिक्षकको रूपमा, मसँग क्वालिफायर को लागी तयारी गर्न को लागी थोरै समय थियो। हामी एक टीम को रूप मा केहि हप्ता को लागी मात्र प्रशिक्षण गर्न सक्यौ किनकि धेरै जसो खेलाडीहरु साफ च्याम्पियनशिप को लागी राष्ट्रिय टिम मा थिए। अब हामी मा एक प्रभावकारी भावना छ। टोली र प्रभाव सकारात्मक छ, ”

“यदि तपाइँ देख्नुहुन्छ, हाम्रा तीनै प्रतिद्वन्द्वीहरु एक गुणस्तरीय टिम हुन्। हामीले वास्तविकतालाई स्वीकार गर्नु पर्छ र हामी राम्रो नतिजाहरु को लागी तत्पर छौं। मेरा केटाहरु र म सक्दो राम्रो गर्नेछु।” उनले थपे।

अक्टोबर ३१ सम्म चाल्ने छनौट चरणमा समूह ‘बी’ मा रहेको नेपालले ताजिकिस्तान, इरान र लेवनानसँग प्रतिस्पर्धा गर्नेछ।

२३ सदस्यीय टोली :

गोलकिपर  अर्पण कार्की, विशाल सुनार, अभिषेक बराल

डिफेन्डर  सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दिप पौडेल, अभिषेक लिम्बु, शिव गुरुङ

मिडफिल्डर  नितिन थापा, सुरज ज्यु ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्वे, अनिल महर्जन, राजीव लोप्चन, शिशिर लेखी, आकाश बुढामगर, एरिक विष्ट, रोशन पहारी

फरवार्ड मनिष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, ऋतिक कुमार खड्का

 

 

Leave a Reply

Next Post

प्रिमियर लिगको नयाँ अध्याय: चेल्सी, लिभरपुल र म्यानचेस्टर सिटि

Mon Oct 25 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विगत ४ सिजन यता प्रिमियर लिगमा उत्कृष्टताको दौडमा केवल दुई क्लब :म्यानचेष्टर सिटी र लिभरपुलले आपसमा चर्को प्रतिस्पर्धाको लर्को लगाएका छन्। पेप ग्वाडियोला आएपछि घरेलु लिगमा छोइनसक्नु भएको म्यानचेष्टर सिटीलाई उनका समकालीन प्रतिपक्षी, लिभरपुलका म्यानेजर योर्गन क्लोपले मात्र कडा टक्कर दिने गरेका छन्। २०१८/१९ को प्रिमियर […]
%d bloggers like this: