हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एभरेस्ट प्रिमियर लिग अन्तरगत अहिले हुँदै गरेको खेलमा काठमाडौं किंग्स ११ ले चितवन टाइगर्सलाइ १४२ रनको विजयी लक्ष्य दिएको छ।
निर्धारित २० ओभरको खेलमा काठमाडौंले ८ विकेट गुमाउदै १४१ रन बनाएको थियो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंका लागि ओपनर सुबास खकुरेलले सर्वाधिक ३५ रन बनाए।
३४ बल खेलेका सुवासले २ चौका र दुई छक्काको मद्दतले ३५ रन जोडेका थिए।
त्यसैगरी मध्यक्रममा ब्याटिङ गर्न आएका राजु रिजालले २० बलमा तीन चौका र दुई छक्काको मद्दतले 28 रन जोड्दा तल्लो क्रममा ब्याटिङ गर्न आएका जनक प्रकाशले १६ बलमा २६ रनको केमियो पारी खेलेका थिए।
जिम्बाब्वेका खेलाडीहरु रायन बर्ल आज भने खाता नखोली पेभेलियन फर्किएका थिए। ओपनर रामानुल्ला गुर्बजलाई सस्तैमा गुमाउन पुग्दा काठमाडौँ मध्यम स्कोरमा रोकिन पुगेको थियो।
रमानुल्लाले ५ रन जोड्दा अर्का भर पर्दा खेलाडी अमित श्रेष्ठले काठमाडौंलाई एकपटक पुनः निराश पारे। उनले केवल ६ रन जोड्न सफल भए।
बलिङतर्फ चितवन टाइगर्सका लागि सागर ढकालले उत्कृष्ट बलिङ गर्न सफल भए। ४ ओभर बलिङ गरेका सागरले २१ रन दिएर ४ विकेट लिन सफल भए। कमल ऐरि र सेकुगे प्रसन्नले समान एक एक विकेट लिँदा करिम जनतले ४ ओभरमा १८ रन दिएर २ विकेट लिन सफल भए।