हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपालको घरेलु क्रिकेटको सबैभन्दा ठूलो टी ट्वान्टी प्रतियोगिता एभरेष्ट प्रिमियर लिग आज बाट सुरु हुँदैछ।
करिब १५ दिन सम्म चल्ने यो प्रतियोगितामा ६ टोलीले सहभागिता जनाएका छन्।
उद्घाटन खेलमा साविकको विजेता चितवन टाइगर्सले काठमाडौं किंग्स ११ विरुद्ध प्रतिस्पर्धा गर्नेछ।
नेपालकाे स्टार स्पिनर सन्दिप लामिछानेको कप्तानीमा रहेको काठमाडौँ किंग्स ११मा यसपाली साहिद अफ्रिदीले पनि खेल्ने भएका छन्।
काठमाडौँ बसाईका क्रममा शाहिद अफ्रिदीले २ खेल खेल्ने तय भएको छ।
काठमाडौंमा सन्दिप लामिछाने, शाहिद अफ्रिदी सँगै जिम्बावेका रायन बल छन् भने सिद्धान्त लोहनी, राजु रिजाल, सुबास खकुरेल, जितेन्द्र मुखिया जस्ता घरेलु सुपर स्टार हरु रहेका छन्।
नेपाली राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लले अन्तिम समयमा आफ्नो नाम फिर्ता लिएपछि ललितपुरलाई अब कुशल भुर्तेलले कप्तानी गर्ने भएका छन्।
ललितपुर प्याट्रियटका अन्तर्राष्ट्रिय खेलाडीका रूपमा श्रीलंकाका ओशदा फर्नान्डो, शनुन वारकोडी, अफगानिस्तानका अजमतुल्ला र भुटानका खेलाडी मिक्याे दोर्जी रहेका छन्।
कुशल भुर्तेल सँगै युवा खेलाडीका रूपमा राशिद खान, पवन सरफ, सन्दिप जोरा, सोनु तामाङ, शंकर राना जस्ता खेलाडीहरूको बाहुल्यता रहेको छ।
उद्घाटन खेल त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान मा दिउँसो १२:१५ मा सुरु हुनेछ।