एभरेस्ट प्रिमियर लिग आउँदो नोभेम्बरबाट सुरु हुँदै

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाली घरेलु क्रिकेटमा सर्वाधिक पुरस्कार राशी रहेको टि-ट्वान्टी प्रतियोगिता एभरेस्ट प्रिमियर लिग आउँदो नोभेम्बर १२ बाट सुरु हुनेभएको छ

पाँचौ संस्करणको इपिएल, कार्तिक २६ देखि मंसिर १० (नोभेमबर १२ देखि २६) सम्म आयोजना हुने भएको छ।

सन् २०१६ देखि संचालन भएको यो टि ट्वान्टी लिग नेपालकै ठुलो क्रिकेट प्रतियोगिता रहेको छ भने अहिले सम्म यसका ४ संस्करण भइसकेका छन्

प्रतियोगता सञ्चालन गर्दै आइरहेको ई.पी.एल प्राइभेट लिमिटेडले आधिकारिक फेसबुक पेजबाट जानकारी दिँदै नयाँ संस्करण अझ ठूलो र आकर्षक हुने दाबी गरेको छ

यस संस्करणबाट कुनै पनि नेपाली घरेलु प्रतियोगिताको प्रत्यक्ष प्रसारण अधिकार पहिलो पटक विदेशमा बेचिनेछ

आफ्नो आधिकारिक फेसबुक पेजबाट जानकारी दिँदै, ए.पी.एल.ले विश्वका ८० भन्दा बढी देशमा नेपाली घरेलु क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रसारण हुने बताएको छ

नेपाल सहित करिब १३ देशका खेलाडीले सहभागिता जनाउने यस संस्करण आउँदो टि-ट्वान्टी विश्वकपको नजिकै रहेको छ

यसअघिको एभरेस्ट प्रिमियर लिग संस्करणमा, विश्वक्रिकेट जगतमा ख्याती कमाएका केही प्रसिद्ध नामहरूले सहभागिता जनाएका थिए 

जसमा पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी, श्रीलंकाका धाम्मिका प्रसाद, उपुल थरंगा, दक्षिण अफ्रिकामा रिचर्ड लेभी, अफगानिस्तानका मोहम्मद शाहजाद, रहमान उल्लाहगुरबाज, जिम्बावेका सिकन्दर राजा, रयान बर्ल र बंगलादेदशका तमिम इकबाल जस्ता खेलाडीले खेलेका थिए।

Leave a Reply

Next Post

मोहम्मद सलाह भन्छन - "हामीलाई रियल नै चाहिएको थियो"

Fri May 6 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| यसै सिजनको युरोपेली च्याम्पियन्स लिग फाइनलका दुई प्रतिद्वन्द्वीहरुको तय भइसकेको छ। कीर्तिमानी १३ पटक च्याम्पियन्स लिग जितेको रियल मड्रिडले ६ पटकको विजेता लिभरपुल विरुद्ध पेरिसमा प्रतिस्पर्धा गर्नेछ। लिभरपुलले सेमिफाइनलमा स्पेनिस क्लब भिल्लारियललाई पराजित गर्दा स्पेनिस महारथि रियल मड्रिडले इंग्लिस टोली म्यानचेष्टर सिटीलाई पराजित गर्न सफल भयो। पहिलो […]
%d bloggers like this: