एभरेस्ट प्रिमियर लिग: बिराटनगर वारियर्स विरुद्ध भैरहवा ग्लडीएटर्सको सहज जित

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एभरेष्ट प्रिमियर लिग अन्तर्गत आज भएको दोस्रो खेलमा भैरहवा ग्लडीएटर्स विजयी भएको छ।

त्रि.वि अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा भैरहवाले विराटनगरलाई ६ विकेटले पराजित गरेको हो।

टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको भैरहवाले विराटनगरलाई सामान्य स्कोरमै समेट्न सफल भएको थियो।

बिराटनगरले दिएको ९० रनको सामान्य लक्ष्यलाई भैरहवाले १५ दशमलव ३ ओभरमा ४ विकेटको नोक्सानीमा ९२ रन बनाउँदै पूरा गरेको थियो।

भैरहवाका लागि श्रीलंकाका ब्याट्सम्यान उपल थरङगाले सर्वाधिक ३४ रन बनाए भने ओपनर प्रदीप ऐरीले २२ रन जोडे।

बङ्गलादेशका स्टार ब्याट्सम्यान तमिम ईकबालले १३ बलमा एक चौका र एक छक्काको मद्दतले १२ रन बनाउँदा युवा खेलाडी रोहित पौड्यालले १० बलमा १२ रनको योगदान दिए।

आरिफ शेख खाता खोल्न नपाउँदै पेभेलियन फर्किएका थिए भने कप्तान शरद भेषवाकरले नट आउट ६ रन जोड्दा टिमले विजय हासिल गरेको थियो।

सामान्य लक्ष्यलाई डीफेण्ड गर्न मैदानमा उत्रिएको विराटनगर वारियरको तर्फ बाट बसन्त रेग्मीले २ ओभरमा १ मेडन राख्दै ४ रन दिएर १ विकेट लिएका थिए। युवा पेस बलर रामनरेश गिरीले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिँदा कप्तान करण केसीले ३ ओभरमा १८ रन दिँदै १ विकेट आफ्नो नाममा दर्ता गरे।

माथिल्लो तथा मध्यक्रमका ब्याट्सम्यानहरुले राम्रो ब्याटिङ गर्न असफल भएपछि वारियर्सको इनिङ सामान्य लक्ष्यमै समेटिन पुगेको थियो। विराटनगरका तर्फबाट श्रीलंकाका ब्याट्सम्यान दिलशन मुनविराले २५ रन बनाउँदा सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए।

भैरहवाका बलरहरुले विराटनगर माथिल्लो क्रमका र मध्यक्रमका कुनैपनि ब्याट्सम्यानलाई चल्न दिएनन्। धामीका प्रसाद र आरिफ शेखले आपसमा कुल २९ रन दिएर समान ३-३ विकेट बाँड्दा विराटनगरको पारि धरासायी हुन पुगेको थियो।

खेलमा ३ ओभर मा ६ रन दिएर ३ विकेट लिएका धामीका प्रसाद खेलको म्यान अफ दि म्याच घोषित भए।

जित सँगै भैरहवा ग्लडीएटर्स अङ्क तालिका को पहिलो स्थानमा उक्लन सफल भएको छ।

 

Leave a Reply

Next Post

पिएसजीका लागि पहिलो गोल गरेपछी, यसो भन्छन मेस्सी

Wed Sep 29 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी विरुद्ध २-० को जीत हात पारे संगै लियोनेल मेस्सिका फ्यानहरुको बहुप्रतिक्षित डेब्यु गोलको इच्छा पुरा भएको छ। मेस्सिले पिएसजीका लागि आफ्नो पहिलो गोल उत्कृस्ट ढंगले गर्न भ्याए। तर आफ्ना प्रशंसक संगै आफु पनि आफ्नो पहिलो गोलको लागि ब्याकुल भएको कुरा उनले खुलाएका […]
%d bloggers like this: