एभरेस्ट प्रिमियर लिग: ललितपुर प्याट्रियट्सको ऐतिहासिक विस्फोटक पारी, बिराटनगरलाई दियो बिशाल लक्ष्य

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एभरेस्ट प्रिमियर लिग अन्तर्गत आज भइरहेको पहिलो खेलमा ललितपुर प्याट्रियट्सले विराटनगर वारियर्स बिरुद्ध शानदार ब्याटिङ गर्दै २२७ रनको बिजयी लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ललितपुरले विराटनगर वारियर्सको बलरहरु को मनोबल घटाउन कुनै कसर बाँकी छाडेन।

खेलको पहिलो ओभरबाट निकै आक्रमक रुपमा प्रस्तुत भएको ललितपुरले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै २२६ रन बनायो।

उक्त रन स्कोर अहिले सम्मकै एभरेस्ट प्रिमियर लिग इतिहासको उच्च योगफल रहेको छ।

बिशाल स्कोर खडा गर्ने क्रममा ललितपुरका लागि सन्दुन विरकोडि र अफगानिस्तानका अलराउन्डर अजमतुला ओमार्जाईले बिश्व स्तरीय खेल प्रदर्शन गरे।

इनिङको सुरुवात बाटै निकै आक्रामक देखिएको ललितपुरका लागि ओपनरद्वय कुशल भुर्तेल र सन्दुन विराकोडीले ६ ओभरमा ६९ रनको आक्रमक साझेदारी गरेका थिए।

१७ बलमा चार चौका र २ छक्का प्रहार गरेका कुशल भुर्तेल ३२ रन बनाउँदै पवेलियन फर्केका थिए। उनलाई मिनारिवाले आउट गर्न सफल भए। सन्दुन विराकोडीले ४३ बलमा १० चौका र ३ छक्काको मद्दतले ७३ रन जोडेका थिए।

मध्यक्रममा ब्याटिङ गर्न आएका योगेन्द्रसिंह कार्की व्यक्तिगत २७ रन बनाउँदा सिकन्दर राजाको सिकार भए भने पवन सराफ केवल २ रन मै पेभेलियन फर्किए।

मध्यक्रमका अलराउण्डर अजमतुल्लाले ललितपुरको सानदार सुरुवातलाई निरन्तरता दिने क्रममा विष्फोटक ब्याटिङ गरे। उनले २४ बलमा ७ छक्का प्रहार गर्दै नट आउट ५८ रन प्रहार गरे।

टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको विराटनगर का लागि भने उक्त निर्णय आफै लाइ भारि परेको थियो। विराटनगरका कुनैपनि बलरले ललितपुरका ब्याट्सम्यानहरुलाई सम्हाल्न सकेनन्।

कप्तान करण केसीले २ विकेट लिएता पनि ४ ओभरमा ४३ रन दिँदै महँगो स्पेल गरे। सिकन्दर राजाले २ ओभरमा २७ रन दिँदा १ विकेट हात पारे भने प्रतिश जिसीले ३ ओभरमा ४३ रन दिएर एक विकेट लिए। रामनरेश गिरी भने सबैभन्दा महंगो बलर सावित हुन पुगेका थिए। उनले ४ ओभर बलिङ गर्दा बिना कुनै विकेट ५४ रन दिन पुगे। त्यस्तै अर्का अनुभवी स्पिनर बसन्त रेग्मीले ४ ओभरमा ४४ रन दिदाँ विकेट बिहिन रहे।

Leave a Reply

Next Post

चितवन टाइगर्सको अपराजित यात्रा कायमै

Fri Oct 1 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एभरेस्ट प्रिमियर लिगमा चितवन टाइगर्सले आफ्नो शतप्रतिशत नतिजालाई निरन्तरता दिएको छ। आज भएको दोस्रो खेलमा पोखरालाई राइनोज लाई ९ विकेटले पराजित गर्दै चितवनले लगातार तेस्रो जित हात पारेको हो। पोखराले दिएको १२४ रनको मध्यम लक्ष्य चितवनले १६ दशमलव ४ ओभरमा एक विकेटको नोक्सानीमा १२४ रन बनाउँदै […]
%d bloggers like this: