एभरेस्ट प्रिमियर लिग: ललितपुर र भैरहवा बिचको रोमान्चक खेल बराबरीमा सकियो,अन्तिम बलमा शरदको जादु

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एभरेष्ट प्रिमियर लिग अन्तर्गत आज भएको दोस्रो खेलमा भैरहवा ग्लाडीएटर र ललितपुर पट्रियट बीचको रोमाञ्चक खेल बराबरीमा टुंगिएको छ।

ललितपुरले दिएको १७८ रनको विजयी लक्ष्य पछ्याउने क्रममा भैरहवाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७७ रन बनाएपछि खेल बराबरीमा टुंगिएको थियो।

सामान्यतया टि ट्वान्टी खेलमा स्कोर बराबरी भएपछि सुपर ओभर खेलाईने गरिन्छ।

तर त्रिवि अन्तर्राष्ट्रिय मैदानमा फ्लड लाईटको उचित व्यवस्था नभएका कारण खराब प्रकाशका कारण सुपर ओभर खेलाइएन।

खेल आफ्नो हातबाट गुमिसकेको अवस्थामा भैरहवाका कप्तान शरद भेसवाकरले अन्तिम बलमा ७ रन चाहिएको अवस्थामा छक्का प्रहार गर्दै खेललाई बराबरीमा टुंग्याएका थिए।

१७८ रनको चुनौतीपूर्ण विजयी लक्ष्य पछ्याएको भैरहवाका लागि श्रीलङ्काली स्टार ब्याट्सम्यान उपल थरंगाले ४४ बलमा ६७ रनको आकर्षक पारी खेलेका थिए।

भैरहवाका माथिल्लो क्रमका ब्याट्सम्यान हरु सस्तैमा आउट हुन पुग्दा मध्यक्रमका ब्याट्सम्यानले भैरहवालाई बराबरी तर्फ पुर्याएका थिए। ओपनर प्रदीप ऐरीले २ रन जोड्दा तमिम इकवाल १४ रनमा आउट हुन पुगेका थिए।

त्यस्तै रोहित पौडेलले ब्यक्तिगत २ रन बनाउँदा राशिद खानलाई आफ्नो विकेट दिन पुगेका थिए। एक समय २९ मा ३ विकेट गइसकेको अवस्थामा मध्यक्रममा उपल थरंगा र आरिफ शेखले ८४ रनको साझेदारी गर्दै टोलीलाई उकासेका थिए।

आरिफ शेखले २८ बल खेलेर २८ रन कै योगदान दिए। त्यसपछि मैदानमा आएका कुशल मल्लले १९ बलमा ३५ रनको आकर्षक पारी खेल्दै टोलीलाई जित नजिक पुर्याएका थिए।

खेलको अन्तिम ओभरमा जित को लागि १८ रन चाहिएको थियो। राशिद खानले अन्तिम ओभर फ्यालेका थिए। पहिलो २ बलमा कुशल मल्लले ४ रन बटुल्न सफल भएका थिए। तर तेस्रो बलमा ठूलो शट प्रहार गर्दा आउट हुन पुगेका थिए।

त्यसपछि कप्तान शरद भेसवाकर ब्याटिङको लागि क्रिजमा आएका थिए। त्यस लगत्तै चौथो बलमा थरंगा ले छक्का प्रहार गर्दै जीतका लागि २ बलमा ८ रनको स्थिति बनेको थियो। चौथो बलमा एक रन मात्र आएपछि खेलमा रहन भैरहवा लाई गर या मर को स्थितिमा एक छक्का चाहिएको थियो।

शरद भेसवाकरले अन्तिम बललाई उत्कृष्ट लफ्ट गरेपछि बल बाउन्ड्री माथि पुग्दै छक्का भएको थियो। खेल बराबरीको स्थितिमा पुगेपछि सुपर ओभरका लागि मैदानमा पर्याप्त प्रकाश नहुँदा खेल बराबरीमै टुंग्याउने निर्णय गरिएको थियो।

१७८ रन डिफेन्ड गर्ने क्रममा बलिङमा उत्रिएको ललितपुरको टोलीले खेल जित्ने भरपुर प्रयास गरेको थियो। तर खेल का दौरान महत्वपूर्ण क्याच समात्न नसक्दा जित नजिकै पुगेर अङ्क बाड्न बाध्य बन्यो।

ललितपुरका लागि राशीद खानले ४ ओभरमा ३४ रन खर्चिदै ३ विकेट लिँदा रिजन ढकालले ४ ओभरमा १७ रन दिएर २ विकेट को निकै राम्रो स्पेल फ्याँकेका थिए।

अन्य बलरहरु भने विकेट लिन असफल रहे। पवन सराफले ४ ओभरमा ३४ रन दिए भने योगेन्द्र सिंह कार्कीले ४ ओभरको कोटा पूरा गर्दा निकै महंगो सावित हुन पुगे। उनले ४८ रन दिएका थिए।

खेलमा ६७ रनको सानदार पारी खेलेका उपल थरंगा खेलको म्यान अफ दी म्याच घोषित भए।

 

Leave a Reply

Next Post

साफ च्याम्पियनसिप आजबाट शुरु हुदै: उद्घाटन खेलमा नेपाल र माल्दिभ्स भिड्ने

Fri Oct 1 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| दक्षिण एसियाकै सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप फुटबल आज बाट सुरु हुँदैछ। माल्दिभसले आयोजना गर्ने यसपालीको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा यसपाली ५ टोली समावेश रहेका छन्। पाकिस्तान र भुटानका टोलीले यसपाली सहभागिता जनाउने छैनन्। आज दिउँसो हुने उद्घाटन खेलमा नेपाल र माल्दिभ्स आपसमा प्रतिस्पर्धा गर्दैछन्। […]
%d bloggers like this: