हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| काठमाडौँमा जारि एभरेस्ट प्रिमियर लिग अन्तर्गत आज भएका खेलमा भैरहवा ग्ल्याडीएटर्स र पोखरा राइनोज बिजयी भएका छन्।
आज बिहान भएको पहिलो खेलमा चितवन टाइगर्सले दिएको १६५ रनको लक्ष्य भैरहवा ग्ल्याडीएटर्सले १७.५ ओभरमा ४ विकेट गुमाएर जित हासिल गरेको थियो।
भैरहवाको जितमा ओपनर प्रदिप ऐरीले ४३ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै ७२ रन बनाए।
त्यसै गरि बंगलादेशका ओपनर तामिम इक्बालले ३० बलमा ५ चौका र १ छक्का मद्दतले ४० रन तथा उपुल थारांगाले १९ बलमा ३ चौका र ३ छक्का मद्दतले अविजित ३९ रनको बिजयी पारी खेलेका थिए। रोहित पौडेल ६ रनमा पेभेलियन फर्किदा आरिफ शेख १ रनमै आउट हुन पुगे।
चितवनका लागि सर्वाधिक विकेट लिने क्रममा करिम जनतले ३ ओभरमा २३ रन दिएर २ विकेट लिए भने सागर ढकाल र भिम शार्कीले समान १-१ विकेट लिए।
पहिलो इनिंगमा टस जितेर पहिले ब्याटिंग गरेको चितवन टाइगर्सले २० ओभरमा ८ विकेट विकेट गुमाउदै १६४ रन बनाएको थियो।
चितवनका लागि ओपनर मोहम्मद शहजादले २४ बलमा ३२ रन, करिम जनतले ३५, सेक्कुगे प्रशन्नाले २४ रन बनाए। भैरहवाका बलर अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए भने कुशल मल्लले २ तथा दुर्गेश गुप्ता, कृष्ण कार्की धमिका प्रशादले समान १-१ विकेट लिएका थिए।
जितपछि भैरहवा लिग अंकतालिकाको तेस्रो स्थानमा बसेको छ।
आजै भएको दोश्रो खेलमा पोखरा राइनोजले काठमाडौँ किंग्स-११ लाई डकवर्थ नियम अनुसार १४ रनले पराजित गरेको छ।
काठमाडौँले किंग्सले दिएको १८३ रनको लक्ष्य पछ्याउने क्रममा पोखरा राइनोजले १५ ओभरमा ५ विकेट नोक्सानीमा १४२ रन बनाउदा वर्षाले खेल रोकिएको थियो। त्यसपछि खेल सुचारु हुन नसक्दा डकवर्थ नियम लगाइएको थियो।
टस हारेर पहिले ब्याटिंग गरेको काठमाडौँले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १८२ रन बनाएको थियो।
काठमाडौँको लागि अमित श्रेष्ठले ४१ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५६ तथा रायन बर्लले ४३ बल खेल्दै ४३ बलमा २ चौका र ३ छक्का हान्दै ५० रन बनाए। यस्तै कप्तान सन्दिप लामिछानेले ११ बलमा २ चौका र ३ छक्काले आक्रामक ३१ रन बनाए।
दोस्रो ब्याटिंगमा उत्रेको पोखराका लागि सहान अरचिगेले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ४३ रन बनाए। यस्तै विवेक यादवले २८ बलमा ४ चौका र २ छक्का मद्दतले अविजित ४१ रन बनाए। लोकेश बमले ८ बलमा ३ चौका मद्दतले १८ तथा रिचर्ड लेभीले १३ बलमा २ चौका र १ छक्का मद्दतले १७ रन बनाए।
जित पछि पोखरा तालिकाको दोस्रो स्थानमा उक्लेको छ।