हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| त्रिवी अन्तरास्ट्रिय मैदानमा आज समापन भएको चौथो संस्करणको इपिएल प्रतियोगिताको उपाधि चितवन टाइगर्सले जितेको छ।
चितवन टाइगर्सले पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै पहिलो पटक एभरेष्ट प्रिमियर लिग को उपाधि जितेको हो।
पोखराले दिएको ११२ रनको लक्ष्य चितवनले १५.५ ओभरमा ६ विकेट गुमाएर ११४ रन बनाउदै पुरा गरेको थियो।
टस जितेर पहिले फिल्डिंग गर्ने निर्णय गरेको चितवनले पोखरालाई १११ रनको सामान्य स्कोरमै रोकेको थियो।
पोखराको लागि असेला गुनरत्नेले सर्वाधिक ३४ रन, रिचर्ड लेभीले २६ रन बनाए भने कप्तान बिनोद भण्डारी २२ रन बनाउदै पेभेलियन फर्किएका थिए।
ओपनर बिपिन रावलले १७ रन जोड्दा अन्य ब्याट्सम्यानहरुले दोहोरो अंक बनाउन सकेनन।
एक समय राम्रो सुरुवात गरेको पोखराले सोहि लयलाई निरन्तरता दिन नसक्दा सामान्य लक्ष्यमै समेटिन पुगेको थियो।
पोखरालाई ११२ रनमै समेट्न कमल ऐरीले शानदार बलिंग गरेका थिए। ३.५ ओभर बलिंग गरेका ऐरीले २० रङ खर्चिएर ४ विकेट लिन सफल भए। करिम जन्नतले ३ ओभरमा १५ रन दिएर २ विकेट आफ्नो नाममा गरे भने सागर ढकाल र सोमपाल कामिले १-१ विकेट चट्काए।
११३ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिंगमा उत्रिएको बिजेता टोलि चितवन टोलि एक समय २० रनमा ३ विकेट गुमाएको अवस्थाबाट उक्लिएको थियो। मोहम्मद शेजादले ११ रन बनाउदा हसिम अन्सारी र करिम जन्नत शुन्य रनमै आउट हुन पुगेका थिए। तर मध्यक्रमका ब्याट्सम्यान भिम सार्कीले ४५ बलमा ६३ रनको पारी खेल्दा चितवनले बिजयी यात्रा तय गरेको थियो।
चितवनका लागि दिलिप नाथ ले १८ रनको योगदान दिए भने राजेश पुलामीले १४ रन बनाए।
पोखराका लागि किशोर महतोले ३.५ ओभरमा २७ रन दिएर ४ विकेट लिएपनि टोलीलाई हार बाट जोगाउन सकेनन्। नन्दन यादबले २ विकेट लिदा अन्य बलर हरुले विकेट लिन सकेकन।
२० रन दिएर ४ विकेट लिएका कमल ऐरी म्यान ओफ द म्याच घोषित भए भने प्रतियोगितामा १४ विकेट लिएका चितवनकै सागर ढकाल प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित भए।