हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एभरेष्ट प्रिमियर लिगको डिफेन्डिङ च्याम्पियन ललितपुर पट्रियट्सले उद्घाटन खेलमा यसपालिको बलियो दाबेदार काठमाडौं किंग्स विरुद्ध खेल्दैछ।
सन् २०१८ मा पहिलोपटक लिग उपाधि जितेको ललितपुर यसपटक आफ्नो उपाधि रक्षा गर्ने होडमा देखिन्छ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा चार विदेशी खेलाडी सहित आफ्नो सेट ललितपुरले पूर्ण गरिसकेको छ।
सन्दीप जोरा,कुशल भुर्तेल, राशिद खान र पावन सर्रफ जस्ता युवा खेलाडीको बाहुल्य रहेको ललितपुरको टोलीमा युवा अन्तराष्ट्रिय खेलाडीहरुको सहभगिता रहेको छ।
अफगानिस्तानका युवा अन्तराष्ट्रिय खेलाडी अजमतुल्ला ओमारजाई संगै श्रीलंकाका ब्याट्सम्यान ओशादा फर्नान्डो र विकेट किपर ब्याट्सम्यान शन्दुन विरकोडी, भुटानका च्याम्पियन खेलाडी मीक्यो दर्जी गरेर आफ्नो विदेशी खेलाडीको कोटा पूरा गरेको छ ललितपुरले।
सन् २०१८ मा लिग विजेता बन्दा सबै भन्दा बढी रन बनाएका भारतका उत्तर प्रदेशका ब्याट्सम्यान गौरव तोमर यसपटक ललितपुरमा देखिने छैनन्। साथै उनलाई साथ दिएका अर्का भारतीय खेलाडी कोल्सावालाको अनुपस्थितिले उपाधि रक्षामा ब्याटिङ्गमा अनुभवको अभाव भने ललितपुरले अवश्य गर्ने छ।
कप्तान ज्ञानेन्द्र मल्ललाई माथिल्लो क्रमको जिम्मेवारी सम्हाल्ने खड्को भने अवश्य हुने देखिन्छ। कप्तान मल्ल सँगै कुशल भुर्तेल,सन्दीप जोरा र सोनु तामाङ्ग बाट पनि ललितपुर ले राम्रो पारीको आश गर्ने छ। सँगै भुटानका उत्कृष्ट खेलाडी मीक्याे दोर्जीले पनि आवश्यक परेको खण्डमा टोलीमा प्रभाव पार्ने क्षमता राख्दछन्, त्यसैले उनी माथि पनि राम्रो नजर रहने पक्का छ।
मध्यक्रममा श्रीलङ्काली ब्याट्सम्यान ओसादा फर्णण्डो संगै विकेट किपर ब्याट्सम्यान शन्दुन विर्कोडीबाट पनि राम्रो इनिङको आश गर्न सकिन्छ। अझ ओशादा अफ स्पिन पनि गर्ने भएकाले टोलीमा महत्वूर्ण अलराउन्डर को भूमिकामा उनलाई देख्न सकिने छ।
अफगानिस्तानका युवा खेलाडी अजमतुल्ला मध्य गतिका राम्रा अल राउन्डर रहेका छन्। आफ्नो स्विङ बलिङले ब्याटम्यानलाई सजिलै छक्याउन सक्ने खुबी उनिमा रहेको छ। साथै उनिमा भएको ब्याटिङ्ग क्षमता टोलीको लागि बोनस रहेको छ।
ललितपुरमा यसपाली स्पिन बलिको कमी भने हुने छैन। ललित राजवंशी, पावन सर्रफ़ जस्ता अनुभवि तथा सक्षम युवा बलरहरुले स्पिन सम्हाल्ने पक्का पक्की छ।
ललितपुरको यसपालिको मुख्य कमजोरी भनेको टिममा राम्रा पेस बलर नहुनु रहेको देखिन्छ। राशिद खान एक सम्भावना बोकेका युवा खेलाडी भएतापनि दबाबमा कस्तो प्रदर्शन गर्ने हुन् त्यो भने हेर्न बाँकी नै छ। अफगानी खेलाडी अजमतुल्लाको प्रदर्शनले पनि टिमको भाग्य अवश्य निर्धारण गर्ने छ।
टोलीमा मुख्य प्रदर्शन गरेका पुराना खेलाडी नहुँदा केही समस्या पर्ने जस्तो देखिएता पनि घरेलु मैदानमा पछिल्ला केही सिरिजमा राम्रो लयमा देखिएका नेपाली युवा खेलाडीहरुको प्रदर्शनलाई लिएर सकारात्मक इनिङको अपेक्षा गर्न सकिन्छ।
टोलीलाई सम्पूर्ण कोणबाट हेर्दा १० मा ७ अङ्क दिन मिल्छ। तर लिग उपाधि फेरी जित्ने कुरामा चाहिँ खेलमा एक्स फ्याक्टरको रूपमा पेस बलिङमा थोरै सङ्कीर्ण हुने ठाउँ दिएका कारण यसपाली अरु टोलि संग तुलना गर्दा अलि गाह्रो देखिन्छ।