एमबाप्पेका लागि पीएसजी र रियल मड्रिडको जुहारी

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एकपछि अर्को गर्दै आफ्ना उत्कृष्ट खेलाडीहरु गुमाउँदै गएको रियल म्याड्रिड यतिबेला सङ्कटमा छ।

गत सिजन घरेलु तथा युरोपियन प्रतियोगितामा स्तरीय प्रदर्शन देखाउन नसकेको मड्रिडमा विश्वस्तरीय खेलाडीहरु को उपस्थिती न्यून छ।

अझ यो सिजन आफ्ना डिफेन्डरद्वय सर्जियो रामोस र राफेल भरान दुवैले क्लब छोडी सकेको अवस्थामा टोलीको रक्षात्मक प्रदर्शन कस्तो हुने हो हेर्न बाकि नै छ।

अग्रपंतिमा क्रिष्टियानो रोनाल्डोको ठाउँमा आएका चेल्सीका एडेन् हाजर्डले पनि खासै राम्रो प्रभाव छाड्न नसकेपछि यतिबेला रियल म्याड्रिड भरपर्दो फरवार्डको खोजीमा रहेको छ।

उमेरसँगै आफ्नो फर्ममा पनि संघर्ष गरिरहेका गेराथ बेल संगै कीर्तिमानी रकममा भित्रिएका चेल्सीका फरवर्ड एडेन हजार्डले पनि मड्रिडमा कमाल देखाउन नसकेपछि म्याड्रिड अहिले पीएसजि का फरवार्ड कीलियन एमबाप्पेलाई आफ्नो क्लबमा भित्र्याउन जोडतोडका साथ लागि परेको छ।

 

गति, क्षमता, खेल कौशलता, ड्रीब्लिङ सम्पूर्ण पक्षमा सबल २२ वर्षिय एमबाप्पे अहिलेको विश्व खेलकुद कै एक सुपरस्टार रहेका छन्। पेरिसमा उनको र नेमार बीचको तालमेल सुप्रसिद्ध रहेको छ।

सानै उमेरमै आफूलाई विश्व फुटबल जगतमा चिनाउन सफल एमबाप्पेलाई समेट्दै आफ्नो ज्ञालेक्टीको युगलाई रियाल मड्रिड अझै निरन्तरता दिन चाहन्छ। त्यसै कारण पीएसजीलाई रियलले प्रस्ताब पठाउन सुरु गरिसकेको छ।

अघिल्लो सातामात्रै पेरिसले रियल मड्रिडको १५० मिलियन युरो प्रस्ताव इन्कार गरेको थियो। त्यसपछि मड्रिडले आफ्नो प्रस्तावमा केही सुधार गर्दै फेरी १७० मिलियन युरो पेरिसको टेबलमा पठाइ सकेको अवस्था छ। पिएसजी एमबाप्पेलाई कुनै हालतमा पनि क्लब छाड्न नदिने अडानमा अडिग देखिएता पनि किलियनको हर हालतमा रियल म्याड्रिड जाने कुराले पीएसजीमा हलचल भने अवश्य ल्याइदिएको छ।

पीएसजी सँग सम्झौता नवीकरण गर्न नमानि रहेको अवस्थामा उनलाई राख्ने वा मड्रिडले गरेको प्रस्ताबमा उनलाई बेच्ने भन्ने कुरामा पेरिस अन्योलमा देखिन्छ। एम्बप्पे संगको सम्झौता सकिन लागेको अवस्थामा अझ बिडम्बना के भने एमबाप्पेले पेरिस सँग सम्झौता नगरेको खण्डमा उनी फ्री एजेन्ट भएर रियल म्याड्रिड पुग्नेछन्।

पेरिसबाट ३ लिग उपाधि जितिसकेका विश्वविजेता एमबाप्पे अहिलेको समयको उत्कृष्ट फरवार्डहरू मध्येको एक हुन्। १७ वर्षको उमेरमै मोनाकोलाई लिग जिताउँदा सनसनी मच्चाएका एमबाप्पे त्यसपछि कीर्तिमानी १८० मिलियन युरोमा पेरिस पुगेका थिए।

फ्रान्सलाई सन् २०१८ मा विश्वकप उपाधि जित्नका लागि एमबाप्पे को भुमिका निकै महत्वपूर्ण रहेको थियो।

उनले पेरिसका लागि १७५ खेलमा १३५ गोल गरिसकेका छन् भने युरोपियन प्रतियोगिता बाहेक अरु सम्पूर्ण सबै घरेलु प्रतियोगिताहरु जितिसकेका छन्।

 

Leave a Reply

Next Post

कसले सम्हाल्ला त बार्सिलोनाको ऐतिहासिक १० नम्बर जर्सी?

Mon Aug 30 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| मेस्सीले बार्सीलोना छाडेसँगै उनले लगाउने गरेको १० नम्बरको जर्सी अहिले खाली भएको छ। करिब १३ बर्ष बार्सामा रहेर उनले १० नम्बर जर्सीको सेवा गरेका थिए। रोनाल्डिन्होले २००८मा बार्सिलोना छाड्दा आफ्नो उत्तराधिकारी बनाउँदै १० नम्बर जर्सी मेस्सीलाई उपहारस्वरुप दिएका थिए। तर यस सिजन न त मेस्सीले कसैलाई […]
%d bloggers like this: