हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। लिग १ अन्तर्गत पिएसजीले लगातार चौथौ जित हासिल गरेको छ।
चार खेलमा १२ अंक र ७ गोलान्तरका साथ् पीएसजी अंकतालिकाको शिर्ष स्थानमा रहेको छ।
गएराती भएको खेलमा एम्बाप्पेले १६ औ र ६३ औ मिनेटमा गरि दुइ गोल गरेका थिए।
हाफ टाइममा १-० को अग्रता लिएको पिएसजीले, दोस्रो हाफमा अग्रतालाइ दोब्बर बनाउदै जित निश्चित गरेको थियो।
पहिलो गोल गर्ने क्रममा एम्बाप्पेले उत्कृष्ट हेडर गोल गरेका थिए भने तेस्को केहि समयमै रेइम्सले बराबर गर्ने मौका पाएको थियो। बराबरीका निम्ति गोल गरेपनि, भारले अफ़साइड भनिदिए पछि, गोल लाइ रद्द गरिदिदा स्कोर १-० नै हुन पुगेको हो।
दोस्रो गोलको क्रममा, एम्बाप्पेले काउण्टर अट्याकको मौकालाइ गोलमा परिणत गरेका थिए। दोस्रो गोल गरेको केहि समयमै मेस्सीले मैदानमा आफ्नो उपस्थिति देखाए। मेस्सीको पिचमा आउने क्रममा, दर्शक वर्गबाट अबिश्वशनिय स्वागत भएको थियो।
नेयामारलाइ सब्स्टिट्युत गर्दा, उनको ठाउमा मेस्सीलाइ मैदान भित्र्याइएको थियो। ७७ औ मिनेटमा मिडफिल्ड भित्रबाट मेस्सिले एम्पाब्बेलाइ बल निकालिदिए पनि, गोल भने हुन सकेन।
खेलको अन्तिम मिनेटमा नाभासले उत्कृष्ट बचाउ गर्दै, रेइम्सको सम्भावित गोललाइ ब्लक गरेका थिए।
मेस्सिको डेब्युमा गोल देख्ने आशा भए पनि, गोल भने हुन सकेन।