हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं|फ्रान्सेली खेलाडी किलियन एम्बाप्प्पेले पेरिसमा आफ्नो भविष्यको निर्णय आगामी आइतबार गर्ने भएका छन्।
आउँदो सिजन रियल मड्रिडको नयाँ खेलाडीका रुपमा प्रस्तुत हुने विभिन्न रिपोर्टहरुका आईरहेपनि, उनले आफ्नो निर्णय लिन केही समय लाग्ने बताए।
अर्कोतिर पिएसजीले पनि आफ्ना स्टार खेलाडीलाई राख्नका लागि जुनसुकै मूल्य चुकाउन पनि तयार रहेको बताइरहेको छ।
यसै सिजनको विन्टर ट्रान्सफरमा पनि रियल मड्रिडले प्रस्ताव गरेको झण्डै १५० मिलियन भन्दा बढीको प्रस्ताव पेरिसले टुक्र्याएको थियो।
गत सिजन देखि नै आफू रियल मड्रिडको फ्यान रहेको र एकदिन उक्त क्लबमा खेल्ने इच्छा रहेको बताएका किलियनका लागि रियल मड्रिड लागि परेको छ।
पिएसजीले भने रियल मड्रिडलाई आफ्ना खेलाडीलाई बारम्बार उचालेको र पैसाको धाक देखाउन खोजेको आरोप लगाइरहेको छ।
पेरिसले आफ्नो प्रस्ताव टुक्र्याए पश्चात रियल मड्रिडले मिडियामा शानदार दबाब दिईरहेको छ।
रियल मड्रिडले एम्बाप्पे भित्र्याउने हरसम्भव प्रयासमा आफ्ना फ्रान्सेली खेलाडी करिम बेन्जेमा देखि प्रशिक्षक कार्लो एन्सेलोटीलाई मिडियामा प्रयोग गरिरहेको छ।
दुबै व्यक्तित्वबाट एमबाप्पेका लागि रियल मड्रिडको द्वार सधैंको खुल्ला रहेको र रियल मड्रिड उनको ठुलो फ्यान रहेका जस्ता अभिव्यक्तिहरू निकैपटक आइसकेका छन्।
रियल मड्रिडकै हातबाट यसपटक च्याम्पियन्स लिगबाट बहिर्गमन भोगेपछि एमबाप्पे पेरिस छाडेर रियल जाने चर्चाले राम्रो स्थान पाएको थियो।
त्यस बखत पनि स्पेनिस पत्रपत्रिकाहरुले एम्बाप्पेले चाँडै नै रियल मड्रिडको मार्ग रोज्ने बताइसकेका थिए।
तर पेरिसले लगातार आफ्ना खेलाडीलाई सम्झौतामा ल्याउने हर सम्भब प्रयास गरेपछि निर्णय लिन केहि ढिला भएको छ।