एम्बाप्पे कथा : मड्रिड घोच्ने, पेरिस सहने

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्व फुटबलमा हाल निकै चर्चामा रहेका फ्रान्सेली खेलाडी किलियन एम्बाप्पेको लागि पेरिस र मड्रिडको ठुलो संघर्ष जारी छ।

कुनै पनि हालतमा छाड्न नदिने पेरिसको अडान र कुनै हालतमा ल्याइ छाड्ने मड्रिडको संकल्पले रोचक मोड लिएको छ। 

यो संघर्ष पछाडीको वास्तविकता पनि निकै रमाईलो रहेको छ। पेरिसले गत सिजन मड्रिडको अहंकारमै प्रहार गरेपछि यो घटनाले राम्रो कथा जुराएको हो।

रियल मड्रिडले प्रस्ताव गरेको झण्डै १६० मिलियन भन्दा बढीको सम्झौता अस्वीकार गरेको पेरिसले, पैसाको धाक नदेखाउन अप्रत्यक्ष रुपमा बताएको थियो। 

अर्कोतिर रियल मड्रिडले भने चाहेको खेलाडीलाई जुनै पनि हालतमा ल्याई छाड्ने छुट्टै रवाफ रहेको छ। 

फ्रान्सेली खेलाडी किलियन एम्बाप्पेले यस सिजन अघि आफुलाई सबैभन्दा मनपर्ने क्लब रियल मड्रिड रहेको र आफु उक्त क्लबमा खेल्ने निकै उत्साहित रहेको बताएका थिए।

यतिधेरै रकममा पश्चात खेलाडी पनि आउन चाहेको र आफू भित्राउन पनि चाहेको हुँदाहुँदै पनि खेलाडी ल्याउन नसकेको अवसर भने रियल मड्रिडका लागि यो पहिलो हुनसक्छ।

पेरिसले खेलाडी पनि नदिने अडान जारी राखेपछि रियलको तर्फबाट खेलाडी तथा प्रशिक्षकले बारम्बार पेरिसलाई घोचेको घोचै गरिरहेका छन्।

फ्रान्सेली खेलाडी तथा रियल मड्रिडका स्ट्राइकर बेन्जेमाले एमबाप्पे अवश्य पनि रियल मड्रिडमा आउने जस्ता अभिव्यक्ति दिईराख्नु, प्रशिक्षक कार्लो एनसेलोट्टीले पनि पेरिसले भन्दैमा केहि असर नपर्ने, किलियनको चाहना मड्रिडनै हो भनेर भनिरहँदा पेरिसलाई एक किसिमको दबाब सिर्जना भइरहेको छ।

अर्को तिर एम्बाप्पेलाई पेरिसमै राख्नका लागि उसका अर्जेन्टिनी प्रशिक्षक तथा बोर्डले पनि राम्रो कसरत गरिरहेका छन।

पछिल्लो २ सिजन यता पेरिसको मुख्य स्ट्राइकरको रुपमा लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका किलियनकै बसाईको क्रममा पेरिस आफ्नो युरोपियन कपको उपाधि जित्न चाहन्छ।

पेरिस भने ब्याकफुटमै रहेपनि स्ट्राइकरका लागि जोडदार संघर्ष गरिरहेको छ। मड्रिडको बारम्बारको घोचाईलाई कहिले सम्म सहने हो त्यो त यकिन छैन तर दुई हेबीवेटको जुहारी हेर्न लायक बनेको छ।

Leave a Reply

Next Post

एन्फालाई क्याम्प छाडेका राष्ट्रिय फुटबल टोलीका खेलाडीको पत्र

Mon May 2 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अखिल नेपाल फुटबल संघ एन्फालाई राष्ट्रिय फुटवल टोलीका खेलाडीहरुले पत्र बुझाएका छन्।  गत साता बन्द प्रशिक्षणबाट बाहिरिएका १० खेलाडीले उक्त घटनाको बारेमा सत्यतथ्य छानबिनका लागि उक्त पत्र बुझाएको हो।  राष्ट्रिय फुटबलका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरिको नेतृत्वमा कार्यशैली र व्यवहारप्रति आपत्तिजनक टिप्पणी जनाउँदै राष्ट्रिय टोलीका १० खेलाडीले क्याम्प छोडेका […]
%d bloggers like this: