हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| हाल विश्व फुटबलमा सुपरस्टारका नामले ख्याति कमाईरहेका नर्वेजियन फुटबलर एरलिंग हालान्डले सिटि संग सम्झौता गरेका छन्।
पेप ग्वारडीयोलाको नेतृत्वमा लगातार घरेलु फुटबलमा दबदबा बनाइरहेको म्यान्चेस्टर सिटीका लागि यो सम्झौता निकै महत्वपूर्ण रहेको छ।
पछिल्ला ३ सिजन यता विश्वस्तरीय स्ट्राइकरको खोजीमा रहेको म्यानचेष्टर सिटीले, अघिल्लो सिजन ह्यारी केनलाई भित्र्याउन हर सम्भब प्रयास गरेको थियो।
तर उनलाई भित्राउन असफल भएपछि म्यानचेष्टर सिटीले डर्टमण्डका जल्दाबल्दा तथा युवा फरवार्ड एरलिंग तर्फ आफ्नो नजर मोडेको हो।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनले म्यानचेस्टर सिटीमा आफ्नो मेडिकल पास गरिसकेको र अर्को साता सम्म सम्पूर्ण कानुनी प्रक्रिया सम्पन्न हुने बताइएको छ।
सिटीले हालान्डको ७५ मिलियन क्लज रिलिज क्लज ट्रिगर गर्ने र उनलाई पाँच वर्षको सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ, जुन अर्को हप्तामा घोषणा हुन सक्छ।
उनका बुबा अल्फ हालान्डले २०००-०३ सम्म म्यानचेस्टर सिटीमा खेलेका थिए र उनकै कारण सिटि संगको वार्तामा भारी संलग्न भएको भनिएको छ।
विश्वकै उत्कृष्ट प्रशिक्षक रहेका ग्वार्डीओलाको नेतृत्वमा एकपछि अर्को सफलता हात पारिरहेको सिटीमा, उनले अहिलेको क्षमतालाई हेर्ने हो भने प्रत्येक सिजन ४० भन्दा बढी गोल गर्ने क्षमता राख्न सक्छन्।
हरेक स्थानमा विश्वका उत्कृस्ट खेलाडीहरुको बाहुल्य रहेको सिटिमा उनि जस्ता स्ट्राइकरको कमि रहेको छ। उनको खेल्ने शैलीले पनि उनलाई सिटिमा झन आक्रामक बनाउने छ।
सम्झौता संगै इंग्लिस महारथी म्यानचेस्टर सिटीमा उनले प्रतिहप्ता ३ लाख पाउण्ड भन्दा बढी आम्दानी गर्नेछन।
उनको आगमनसँगै म्यानचेष्टर सिटीले आफ्नो टोलीलाई थप मजबुत बनाएको छ भने आउँदो सिजनको युरोपेली कपका लागि बलियो प्रत्याशी को रुपमा देखापरेको छ।
टोलीमा विश्वस्तरीय स्ट्राइकरको कमी हुँदा म्यानचेष्टर सिटीले युरोपमा प्रमुख खेलहरु गुमाउन पुगेको थियो।