हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्व फुटबलमै सबैभन्दा लोकप्रिय खेलाडीहरु मध्ये एक रहेका एर्लिंग हालान्ड र सिटि बिचको सम्बन्ध झन् निकट भएको छ।
डर्टमण्ड छाड्ने लगभग पक्का भैसकेको अवस्थामा उनले इंग्लिस महारथी म्यानचेस्टर सिटिमा कदम राख्ने चर्चा बढेको छ।
संगै उनले व्यक्तिगत सर्तहरूमा सहमत भएपछि अर्को ट्रान्सफर विन्डोमा म्यानचेस्टर सिटीमा सामेल हुने रिपोर्ट आएका छन्।
अघिल्लो सिजन देखिनै बनेको ट्रान्सफरको माहोलमा अब हालान्ड सम्भवतः अर्को सिजनको लागि बोरुसिया डर्टमुन्डमा फर्कने छैनन् भन्ने प्रस्ट बुझिन्छ।
त्यसै कारण पनि अब क्लबले विश्वका ठूला क्लबहरूबाट प्रस्तावहरू पाउन सुरु गरिसकेको छ।
रियल म्याड्रिड र पेरिस सेन्ट-जर्मेन नर्वेजियन फरवार्डको हस्ताक्षरको लागि म्यानचेस्टर सिटीको सबैभन्दा ठूलो प्रतिस्पर्धा मानिन्थ्यो।
रियलले किलियन एमबाप्पे तर्फ लगातार प्रयास जारी राखेको र पेरिस तिर मेस्सी, नेमार जस्ता खेलाडीहरु खेलाडीहरुको छायाँमा रहनु भन्दा सिटिमै उनको सम्भावना बढी रहेको छ।
संगै सिटिको लगातारको सफलता र उनको क्लबसंग बुबाको घनिष्ठ व्यक्तिगत सम्बन्ध निर्णायक कारकहरू जस्तो देखिन्छ।
डेली मेलले रिपोर्ट गरे अनुसार हालान्ड म्यानचेस्टर सिटीसँग सम्झौता गर्न सहमत भएको छन।
सहमति सर्तहरू सहित यसले उनलाई प्रिमियर लिगमा प्रति हप्ता £५००,००० मा सबैभन्दा धेरै कमाउने खेलाडी बनाउनेछ।
सिटीले हालान्डको ७५ मिलियन क्लज रिलिज क्लज ट्रिगर गर्ने र उसलाई पाँच वर्षको सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ, जुन अर्को हप्तामा घोषणा हुन सक्छ।
उसको बुबा अल्फ हालान्डले २०००-०३ सम्म म्यानचेस्टर सिटीमा खेलेका थिए र उनकै कारण सिटि संगको वार्तामा भारी संलग्न भएको भनिएको छ।
विश्वकै उत्कृष्ट प्रशिक्षक रहेका ग्वार्डीओलाको नेतृत्वमा एकपछि अर्को सफलता हात पारिरहेको सिटीमा, उनले अहिलेको क्षमतालाई हेर्ने हो भने प्रत्येक सिजन ४० भन्दा बढी गोल गर्ने क्षमता राख्न सक्छन्।
हरेक स्थानमा विश्वका उत्कृस्ट खेलाडीहरुको बाहुल्य रहेको सिटिमा उनि जस्ता स्ट्राइकरको कमि रहेको छ। उनको खेल्ने शैलीले पनि उनलाई सिटिमा झन आक्रामक बनाउने छ।