हामहाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस महारथी म्यान्चेस्टर युनाइटेडले लामो कसरत पश्चात एरिक टेन ह्यागलाई आफ्नो प्रशिक्षक बनाउने भएको छ।
पूर्व प्रशिक्षक तथा क्लवका लेजेण्ड सोल्सायरलाई बर्खास्त गरेपछि म्यानचेस्टर युनाईटेडमा स्थायी म्यानेजरको कमी रहेको थियो।
उनको ठाउँमा अन्तरिम प्रशिक्षक राल्फ राग्निकले स्थान लिएपनी उनलाई नयाँ सिजन बाट सल्लाहकारका रुपमा राखिनेछ।
एरिक टेन ह्याग भने हाल डच टोलि आयक्सलाई प्रशिक्षण दिइरहेका छन्।
सन् २०१९ मा आयक्सको मुख्य प्रशिक्षकको रुपमा नियुक्त भइसकेपछि, उनले आयाक्सलाई दुई पटक शीर्ष डिभिजनको उपाधि जिताईसकेका छन्।
हाल तेस्रो शिर्ष डिभिजनको उपाधिको निकै नजिक रहेको आयक्समा उनको राम्रो प्रभाव रहेको छ।
युरोपियन च्याम्पियन्स लिगमा अन्डरडग्सको रूपमा आयक्सलाई नेतृत्व गरिरहेका उनले युरोपमा पनि राम्रो छाप बनाएका छन्।
म्यानचेष्टर युनाइटेडलाई उनलाई भित्र्याउनका लागि आयक्सलाई भने २ मिलियन युरो रिलिज कलजको रुपमा तिर्नुपर्ने भएको छ।
खाली रहेको म्यानेजरको स्थानका लागि म्यान्चेस्टर युनाइटेडले नोभेम्बरदेखि नै युरोपका शीर्ष प्रशिक्षकहरु संग अन्तर्वार्ता लिएको थियो।
पेरिस सेन्ट जर्मनका प्रशिक्षक माउरिसियो पोचेटिनहो पनि टेन ह्याग संगै नयाँ म्यानेजरका लागि अग्रपङ्क्तिमा उभिएका उम्मेदवार रहेका थिए।
तर टेन ह्यागलाई तिर्नुपर्ने रकम कम संगै उनको आयक्समा रहेको सिभि र उनको योजनामा पनि सहमति जनाए पश्चात नयाँ प्रशिक्षकको रुपमा उनले ठाउँ पाएका हुन्।
उनि संगको सम्झौता अन्तिम चरणमा पुर्याउनका लागि युनाइटेडले उनि संगै उनका कर्मचारी र अन्य पक्षहरुलाई आगामी दिनमा मूर्तरूप दिने बताइएको छ।