एल क्लासिकोमा रियल मड्रिडलाई लगातार सफलता, कप फाइनलमा प्रवेश

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| साउदी अरेबियामा गएराति सम्पन्न खेलमा बार्सिलोनालाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै रियल मड्रिडले सुपरकोपा फाइनलमा स्थान सुरक्षित गरेको  छ।

साउदी अरबको रियादस्थित किङ फाद इन्टरनेसन स्टेडियममा बुधबार राति भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको २५औं मिनेटमा भिनिसियसको गोलबाट रियलले अग्रता बनाएको थियो।

४१औं मिनेटमा क्यटलन टोलीका लागि लुक डि जोङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए। डेम्बेलेको क्रसमा गोल गर्दै लुकले बार्सिलोनालाई खेलमा फर्काएका थिए।

निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो।

दोस्रो हाफको मध्याह्नमा करिम बेन्जेमाले वान टच गोल गर्दै टोलीलाई खेलमा पुनः अग्रता दिलाएका थिए।

उनले ७२औं मिनेटमा बार्साका किपरले बचाव गरेको बललाई पोस्टको दिशा देखाएका थिए।

तर रीयलको अग्रता धेरै बेर टिक्न पाएन। बार्सिलोनाको घरेलु उत्पादन तथा युवा स्टार खेलाडी अन्सु फातीले ८३औं मिनेटमा जोर्डी अल्वाको पासमा गोल गर्दै खेललाई २-२ को बराबरीको अवस्थामा पुर्याए।

निर्धारित ९० मिनेट र इन्युरी समयमा अर्को गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।

अतिरिक्त समयको आठौं मिनेट अर्थात ९८औं मिनेटमा सब्सिच्युट मिडफिल्डर फेडे भोल्भेर्डेको गोलबाट रियलले खेलमा ३–२ को अग्रता लिन सफल भयो।

रियलले सिजनको पहिलो एल क्लासिकोमा पनि बार्सिलोनालाई उसकै मैदानमा २–१ को जित निकालेको थियो ।

यो जितसँगै रियलले एल क्लासिकोमा बार्सिलोनासँग लगातार ६ खेलसम्म अपराजित रहन सफल भएको छ । रियल ३ मार्च २०१९ मा घरेलु मैदानमा १–० ले पराजित भएयता बार्सिलोनासँग अपराजित छ ।

अब रियलले उपाधिका लागि १७ जनवरीमा एट्लेटिको म्याड्रिड र एथलेटिको बिल्वाओबीचको विजेतासँग खेल्दैछ।

Leave a Reply

Next Post

"म म्यान युनाईटेडमा पाँचौ र छैठौं हुन आएको हैन" - क्रिस्टियानो रोनाल्डो

Fri Jan 14 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडको पुनर्निर्माणमा केही समय लाग्न सक्ने साथै बर्तमान प्रशिक्षक राल्फ राङ्गनिकलाई यो समस्या समाधान गर्न समय दिन आग्रह गरेका छन्। ३६ वर्षीय रोनाल्डो गत समरमा निकै धूमधामका साथ १२ बर्ष पछि म्यानचेस्टर फर्किएका थिए। तर उनको आगमन बाहेक अन्य कुरा रेड […]
%d bloggers like this: