एशेज सिरिजमा दोस्रो दिन पनि अस्ट्रेलियाकै बर्चस्व

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्व क्रिकेटमा सर्वाधिक रुचाइने एसेज सिरिज अन्तर्गत पहिलो टेस्टको दोस्रो दिनपनि अष्ट्रेलियाले आफ्नो दबाब कायमै राखेको छ।

अष्ट्रेलियाको ब्रिसबेन क्रिकेट मैदानमा खेलको पहिलो दिन वर्षाले प्रभावित हुँदा इंग्ल्याण्ड १४७ रनमा अलआउट हुन पुगेको थियो।

इंग्लिस टोलीलाई सस्तैमा समेट्ने क्रममा अष्ट्रेलियाका कप्तान तथा तीव्र गतिका बलर प्यट कमिन्सले आफ्नो डेब्यु कप्तानी खेलमै ५ विकेट लिँदै कीर्तिमान बनाएका थिए।

इंग्ल्याण्ड पछि ब्याटिङ गर्न मैदानमा उत्रिएको अष्ट्रेलियाले पहिलो इनिङमा दोस्रो दिनको समाप्तिमा ७ विकेट गुमाउँदै ३४३ रन बनाइसकेको छ भने इंग्ल्याण्डविरुद्ध १९६ रनको अग्रता लिइसकेको छ।

अष्ट्रेलियाका तर्फबाट ओपनर डेभिड वार्नरले ९४ रनको पारी खेल्दा माथिल्लो क्रमका अर्का व्याट्सम्यान मार्नस लाबुसेनले ७४ रन जोडेका थिए।

अस्ट्रेलियन टिमका बर्तमान स्टार खेलाडी स्टिभन स्मिथ केवल १२ रनमा पेभेलियन फर्कदाँ, मध्यक्रमका ब्याट्स्म्यान ट्रभिस हेडले अष्ट्रेलियाको पारी सम्हालेका छन्।

दोस्रो दिनको खेल समाप्ति हुँदासम्म अविजित रहेका ट्राभिसले ९५ बलमा ११२ रनको आक्रामक पारी खेल्दै टोलीलाई १९६ रनको विशाल अग्रता तर्फ डोहोर्याएका छन्।

उनलाई साथ दिँदै मिचेल स्टार्क १० रनमा अविजित रहेका छन्।

इङ्ल्यान्डका तर्फबाट ओली रोबिंशनले तीन विकेट लिँदा, क्रिस वक्स, मार्क वुड, ज्याक लिच र जो रुटले समान एक एक विकेट लिएका छन्।

विश्व टेस्ट क्रिकेट च्याम्पियनशिप अन्तर्गत अस्ट्रेलिया र इन्ग्ल्यान्डले आपसमा ५ टेस्ट म्याचको शृंखला खेल्ने छन्। यस पटकको एशेज सिरिज भने जनवरी १८ मा सकिने छ

Leave a Reply

Next Post

डर्टमण्ड छाडेपछि कुन क्लब रोज्लान एरलिंग हालान्डले?

Thu Dec 9 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एर्लिंग हालान्ड र मिनो राइओलाले दुई वर्षदेखि स्ट्राइकरको भविष्यको बारेमा सोचिरहेको र  उनको अर्को चालको स्पष्ट विचार बताएका छन्। डिसेम्बर २०१९मा बुन्डेसलिगा पक्षले आफ्नो २० मिलियन रिलीज क्लज पूरा गरेपछि हालान्ड साल्जबर्गबाट ​​बोरुसिया डर्टमुन्डमा सामेल भएका थिए। त्यसपछि उनले धेरै जर्मनको शीर्ष डिभिजनमा ५१ गोल पूरा […]
%d bloggers like this: