एशेज सिरिज : अस्ट्रेलियन टोलि दोस्रो जित नजिक

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अस्ट्रेलिया र इंग्ल्याण्ड बीचको जारी एशेज शृंखला अन्तर्गत दोस्रो टेष्टमा अष्ट्रेलिया जित नजिक पुगेको छ।

दोस्रो टेस्टको चौथो दिन सम्म आइपुग्दा ४६८ रनको बिशाल योगफल पछ्याएको इंग्लिश टोलीले खेल समाप्ति हुँदा सम्म ४ विकेटको नोक्सानीमा ८२ रन मात्र जोड्न सकेको छ।

पहिलो इनिङमा ४७३ रन बनाएको अष्ट्रेलियाले चौथो दिन दोस्रो इनिङमा २३७ रनको अग्रता सहित आफ्नो पारी सुरु गरेको थियो।

दोस्रो इनिङमा ९ विकेटको क्षतिमा २३० रन जोड्दै अष्ट्रेलियाले आफ्नो पारी समाप्तीको घोषणा गरेको थियो।

अस्ट्रेलियाका लागि दोस्रो इनिङमा मार्नस लाबुसेनले ५१ रन बनाए भने ट्रभिस हेडले समान ५१ रन बनाए। ओपनर मार्कस ह्यारिसले २३ रन जोडे भने कप्तान स्टिभन स्मिथले ६ रन बटुले।

तल्लो क्रममा ब्याटिङ गर्न आएका क्यामरुन ग्रीनले ३३ रन जोड्दा मिचेल स्टर्कले १९ जोडे।

दोस्रो इनिङमा इंग्लिश टोलीका लागि जेम्स एण्डरसन र स्टुअर्ट ब्रोडले एक-एक विकेट लिए भने कप्तान जो रुट, ओली रोबिनसन र डेभिड मलनले दुई दुई विकेट हात पारे।

४६८ रनको विशाल लक्ष्य पाएर मैदानमा उत्रेको इंग्लिश टोलीको सुरुआत भने राम्रो हुन सकेन। केवल ४ रन हुदाँ हामिद डक आउट हुने पुगेका थिए।

डेभिड मलन र जो बर्न्सले ४४ रन को साझेदारी गरेपनि टोली स्थिर बन्न सकेन।

चौथो दिनको अन्तिम बलमा कप्तान जो रुटलाई गुमाएपछि इंग्लिश टोलीको संकट थप उचाईमा पुगेको हो।

अस्ट्रेलियाका लागि तिव्र गतिका बलर मिचेल स्टार्कले अन्तिम बलमा रुटलाई आउट गर्दै आफ्नो पहिलो विकेट लिँदा झ्ये रिचर्डसनले दुई विकेट आफ्नो नाममा गरेका छन्। त्यसै गरी माइकल नेसेरको नाममा एक विकेट रहेको छ।

भोलि हुने पाँचौ दिनमा अस्ट्रेलियाले जित निकालेको खण्डमा अस्ट्रेलियन टोली ५ खेलको एसेज सिरिजमा २-० ले अगाडि बढ्नेछ।

 

Leave a Reply

Next Post

टोटेनह्याम र लिभरपुल बराबरीमा रोकिए

Mon Dec 20 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिश प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनह्याम र लिभरपुल बराबरीमा रोकिएका छन्। स्पर्सको घरेलु मैदानमा भएको खेलमा १० खेलाडीमा समेटिएको लिभरपुलले २-२ को बराबरी खेलेको थियो। घरेलु मैदानमा स्पर्सले खेलमा अग्रता बनाएको थियो ।खेलको १३ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई १-० को अग्रता […]
%d bloggers like this: