हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। नेपाल सहित २२ टोलिले एसियन कपको छनोट प्रक्रिया अन्तर्गतको अन्तिम राउण्डमा आफ्नो ठाउ निश्चित गरिसकेका छन्।
आठ समूह बीच संचालन गरिएको विश्वकप छनोटको दोस्रो राउण्ड अन्तर्गत नेपालले आफ्नो समूहमा चौथौ स्थान निश्चित गरेको हो। एसियन कप २०२३ को छनोट प्रक्रिया अन्तर्गत सबै समूहका तेस्रो र चौथौ स्थानमा रहेका टोलिले एसियन कप छनोटको तेस्रो राउण्डमा प्रवेश पाउने भनिएपछि, नेपाल सोझै उक्त छनोट राउण्डमा पुगेको हो।

अब एसियन कप २०२३ मा आफ्नो स्थान बनाउने बाटो के छ त ?
एसियन कप छनोटको अन्तिम राउण्डमा अहिले २२ टोलिहरुले स्थान बनाइसकेका छन् भने बाकि रहेका दुइ टोलि प्ले अफबाट छानिने छन्। राउण्ड तिनमा हुने प्रतियोगिताका लागि टोलीहरुलाई चार पटमा विभाजन गरिएको छ, र विभाजनको आधार भने फिफा र्याङ्किङ्घ रहेको छ।
ड्र हुने समय सम्म यदि टोलीहरुको फिफा र्याँकिंगमा फेर बादल भए, सोहि अनुसार यहा पनि परिवर्तन हुने छ।
पट १, २, ३मा अहिले नै ६, ६ टोलि छन् भने, प्ले अफबाट आउने दुइ टोलिले पट ४ मा आफुलाई ठाउ पाउने छन्। नेपालको स्थान अहिले पट ४ मा रहेको छ।
यस राउण्ड अन्तर्गत, भएका २४ टोलिलाइ प्रत्येक समुहमा चार टोलीको दरले ६ समूहमा राखिने छ। प्रतियोगिताका सबै खेल सकिदा, ६ वटै समूहमा पहिलो स्थानमा रहने टोलीले सिधै एसियन कप २०२३ मा आफ्नो स्थान बनाउने छन्। त्यस्तै ६ समुहको दोस्रो स्थानमा रहेका टोलिहरुमध्येका पाच उत्कृष्ट टोलीले एसियन कप २०२३ मा आफ्नो स्थान सुनिस्चित गर्ने छन् भने बाकी रहेको एउटा टोलिले सो मौका गुमाउने छ।
एसियन कप छनोटको तेस्रो तथा फाइनल राउण्डको ड्र जुलाईको पहिलो तारिकमा हुने भनिएको छ भने खेलहरु फेब्रअरी २०२२ को पहिलो साताबाट हुने छन्।