हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| प्रशिक्षक अब्दुल्ला प्रति असन्तुष्टि जनाउँदै प्रशिक्षण छोडेका खेलाडीहरुलाई छाड्दै अखिल नेपाल फुटबल सङ्घले एसियन कप छनौटको टोली घोषणा गरेको छ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरिको नेतृत्वमा अखिल नेपाल फुटबल सङ्घले आज अन्तिम २३ सदस्य टोलीको घोषणा गरेको हो।
एसियन कप छनौटका लागि बन्द प्रशिक्षण सुरुवाती दौडमै प्रशिक्षक अब्दुल्ला प्रति असहमति जनाउँदै राष्ट्रिय टोलीका १० खेलाडीले प्रशिक्षण छोडेका थिए।
छाडेका १० खेलाडी को ठाउँमा प्रशिक्षक अलमुताइरीले बि र सि डिभिजनका समेत खेलाडी थप्दै कुल १७ नयाँ खेलाडीलाई थप्दै प्रशिक्षणलाई निरन्तरता दिएका थिए ।
प्रशिक्षणसँगै टोलीले नेपालमै रहेका क्यामरुनको एभेनिर एफसीसँग चार मैत्रीपुर्ण खेल खेलेको थियो। जसमा दुई बराबरी र समान एक जित र हारको नतिजा निकालेको छ।
छनौट अन्तर्गत नेपालले आफ्नो समूहमा रहेर जोर्डन,कुवेत र इन्डोनेसिया विरुद्ध समुह चरणमा प्रतिस्पर्धा गर्नेछ।
समूह चरणमा शीर्षस्थान हात पारे नेपालले आसन्न एसियन कपमा सहभागिता जनाउनेछ।
अन्तिम टोली :
गोलरक्षक – दीप कार्की, विशाल सुनार र टिकेन्द्र सिंह थापा
डिफेन्डर – विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ र सुमन अर्याल
मिडफिल्डर – आकाश बुढा मगर, एरिक विष्ट, निर कुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्वे, सुनिल बल र सुरज ज्यू ठकुरी
फरवार्ड – आयुष घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी र नवयुग श्रेष्ठ