‘एसियन कप २०२३’ छनौटको तेस्रो चरणको ड्र भोलि हुँदै

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| चीनमा सन् २०२३ मा हुने एएफसि एसियन कप प्रतियोगिताको छनौट अन्तर्गत तेस्रो राउण्डको ड्र भोलि हुँदैछ।

यस चरणमा नेपाल लगायत कुल २४ टोलीले सहभागिता जनाउने छन भने छनौट भएका टोलीलाई ६ वटा समूहमा राखेर बिभाजन गरिने छ।

२०२३ एएफसी एसियन कप छनोटको तेस्रो राउन्ड ८ देखि १४ जुन २०२२ सम्म ६ स्थानहरूमा खेलाइनेछ।

समुह चरणमा शिर्ष स्थान हात पार्ने ६ टोलीले सोझै एसियन कपमा प्रवेश पाउने छन भने उप-बिजेता बनेका टोलीहरुले पुनः अर्को छनौट चरण पार गर्नुपर्नेछ।

जसमध्ये उप-बिजेता रहेका ६ टोलीलाई एउटै समुहमा राखेर प्रतिस्पर्धा गराइने छ र समुहमा शिर्ष ५ रहने टोलीले एसियन कपमा सहभगी हुन पाउनेछन्

छनौट चरण सुरुमा ३० मार्च २०२१ देखि २९ मार्च २०२२ सम्म तय गरिएको थियो।

तर एसियाली फुटबल महासंघ (एएफसी) ले एशियामा कोभिड-१९ महामारीबाट प्रभावित दोस्रो राउण्डका खेलहरू स्थगित भएका कारण धेरै पटक मिति परिवर्तन गरेको थियो 

आयोजक राष्ट्र चिन सहित जापान,सिरिया,कतार,दक्षिण कोरिया,अस्ट्रेलिया,संयुक्त अरब इमिरेट्स,इरान,साउदी अरेबिया,भियतनाम,लेबनान,ओमान,इराकले एसियन कपमा आफ्नो स्थान बनाईसकेका छन्

गत बर्ष विश्वकप छनौटमा समुहमा चौथो स्थान हात पारेको तथा फिफा वरियताका आधारमा नेपालले तेस्रो चरणमा मौका पाएको हो। नेपाल सहित निम्न टोलीले यस छनौटमा सहभागिता जनाउने छन: {H भनेको छनौट चरण आयोजक राष्ट्र हुन्}

 

Leave a Reply

Next Post

प्रिमियर लिगमा सिटि र लिभरपुलको चर्को प्रतिस्पर्धा

Thu Feb 24 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| यस सिजनको इंग्लिस प्रिमियर लिगको उपाधि भिडन्त रोमान्चक मोडमा पुगेको छ। बुधबार लिभरपुलले लिड्स युनाईटेड विरुद्ध जित हात पार्दै शिर्ष स्थानको म्यानचेस्टर सिटी संगको दुरी केवल ३ अंकमा छोट्याउन सफल भएको हो। एनफिल्डमा भएको खेलमा लिड्सलाई आधा दर्जन गोल ठोकेको लिभरपुलले समान २६ खेल खेल्दा ६० […]
%d bloggers like this: