एसियन कप ‘२०२३’ छनौट : नेपाल निकै चुनौतिपूर्ण समुह ‘ए’ मा

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| चीनमा सन् २०२३ मा हुने एएफसि एसियन कप प्रतियोगिताको छनौट अन्तर्गत तेस्रो राउण्डको खेलमा नेपाल समूह ए मा परेको छ।

नेपाल संगै समुह ‘ए’ मा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन्। दक्षिण एसियाली राष्ट्रहरु मध्ये नेपालले सबैभन्दा गाह्रो समुह पाएको छ।

यस चरणमा नेपाल लगायत कुल २४ टोलीले सहभागिता जनाउने छन भने छनौट भएका टोलीलाई ६ वटा समूहमा राखेर बिभाजन गरिएको छ।

२०२३ एएफसी एसियन कप छनोटको तेस्रो राउन्ड ८ देखि १४ जुन २०२२ सम्म ६ स्थानहरूमा खेलाइनेछ।

समुह चरणमा शिर्ष स्थान हात पार्ने ६ टोलीले सोझै एसियन कपमा प्रवेश पाउने छन भने उप-बिजेता बनेका टोलीहरुले पुनः अर्को छनौट चरण पार गर्नुपर्नेछ।

जसमध्ये उप-बिजेता रहेका ६ टोलीलाई एउटै समुहमा राखेर प्रतिस्पर्धा गराइने छ र समुहमा शिर्ष ५ रहने टोलीले एसियन कपमा सहभगी हुन पाउनेछन्

आयोजक राष्ट्र चिन सहित जापान,सिरिया,कतार,दक्षिण कोरिया,अस्ट्रेलिया,संयुक्त अरब इमिरेट्स,इरान,साउदी अरेबिया,भियतनाम,लेबनान,ओमान,इराकले एसियन कपमा आफ्नो स्थान बनाईसकेका छन्

यस संगै दक्षिण एसियाबाट भारत समुह ‘डी’ मा रहेर अफगानिस्तान, कम्बोडिया र हंगकंग प्रतिस्पर्धा गर्नेछ

समुह ‘सि’ मा माल्दिभ्स, श्रीलंका, उज्बेकिस्तान र थाईल्याण्ड रहेका छन्

Leave a Reply

Next Post

सातदोबाटो द्वारा च्यासल पराजित, फ्रेन्ड्स क्लब र हिमालयन शेर्पाको बराबरी

Thu Feb 24 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आजको खेलमा सातदोबाटो युवा क्लबले रेलिगेसनमा परिसकेको च्यासल युथ क्लबलाई १-० ले हराउदै सिजनको अन्त्य गरेको छ। अजायी मार्टिन्सले पहिलो हाफमा गरेको गोला निर्णायक बन्दा सातदोबाटो युथ क्लबले जितसहित कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको अन्त्य गरेको हो। सातदोबाटो […]
%d bloggers like this: