एसी मिलान एघार बर्षपछि उपाधि नजिक

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इटालीयन तथा युरोपियन महारथी एसी मिलान करिब एक दशकको पर्खाई पश्चात शीर्ष डिभिजनको उपाधिनजिक पुगेको छ। 

सन् २०११ को इटालियन शिर्ष डिभिजन जितेपश्चात, लामो समयसम्म मैदानमा संघर्ष गरेको एसी मिलानले यस सिजन पुनरागमनको छाटकाट देखाएको छ।

आइतबार भेरोना विरुद्ध ३-१ को जितमा शानदार पुनरागमन गर्दै एसी मिलानले एक दशकयताको सबैभन्दा स्वर्णिम समयमा आफ्नो लय जारि राखेको छ।

लिगमा दुई खेल बाँकी रहँदा दुई अंकको झिनो अग्रता लिएर शीर्षस्थानमा बसेको एसी मिलानलाई, उसकै चिरप्रतिद्वन्द्वी इन्टर मिलानले दोस्रो स्थानबाट लगातार दबाब दिइरहेको छ।

एसी मिलानले आउँदो दुई खेलमा साँतौ स्थानको एट्लान्टा र ११औ स्थानको सासुओलो विरुद्ध खेल्दैछ।

पछिल्ला चार खेलमा अपराजित रहेको एट्लान्टा विरुद्धको खेलमा जित निकाल्न सके एसी मिलानले, एक दशकपछि महत्वपूर्ण उपाधि जित्ने सम्भावना बलियो हुन जानेछ। 

पछिल्ला तीन सिजनमा लगातार युरोपेली च्याम्पियन्स लिगमा सहभागिता जनाउन सफल भएको एटलानटा, यस सिजन भने खस्किएको छ।

च्याम्पियन्स लिगमा सहभागिता जनाउन असफल भएता पनि उसको यूरोपा लिगमा सहभागी हुने सम्भावना भने उच्च रहेको छ।

अर्कोतिर चिरप्रतिद्वन्द्वी तथा दोश्रो स्थानमा रहेको इन्टर मिलानले भने आगामी दुई खेलमा लेखमा पुछारमा रहेका क्यागलियरी र साम्पडोरिया विरुद्ध प्रतिस्पर्धा गर्दैछ।

गत महिनामा बोलोना विरुद्ध हार पश्चात उपाधि होडमा अंक गुमाएको इन्टर मिलान भने एसीको हार अथवा बराबरीको पर्खाईमा रहेको छ।

लगातार चौथोपटक युरोपेली लिगका लागि आफ्नो स्थान बनाउन लागिपरेको एटलान्टा विरुद्ध जित निकाल्न सकेको खण्डमा, एसी मिलान लगभग इटालियन च्याम्पियन बन्ने पक्का छ। 

Leave a Reply

Next Post

फाइनल अघिनै रियल र लिभरपुललाई मोटो रकम

Mon May 9 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपेली च्याम्पियन्स लिग, विश्वकप पश्चात फुटबलमा अधिक कमाइ गर्ने प्रमुख प्रतियोगिताहरु मध्ये एक मानिन्छ। युरोप सँगै समग्र फुटबल खेल्ने राष्ट्रहरुमा निकै प्रख्यात रहेको यस प्रतियोगिताका लागि प्रायोजकहरुले पनि मरिहत्ते गर्ने गरेका छन्। यस प्रतियोगितामा एकै सिजन मात्र पाइला राख्न सके, जुनसुकै फुटबल क्लबले पनि एक देखि दुई […]
%d bloggers like this: