हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपालकै ठुलो र प्रतिष्ठित फुटबल लिग सहिद स्मारक ‘ए’ डिभिजन प्रतियोगिता आजबाट सुरु भएको छ।
आज साँझ भएको पहिलो खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लब बीच भएको लिगको उद्घाटन खेल ०-० को बराबरीमा सकिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको खेलमा दोस्रो हाफमा १० खेलाडीमा सीमित बनेकोको फ्रेन्ड्स क्लबले सातदोबाटोलाई गोलरहित बराबरीमा रोक्न सफल भएको थियो।
खेल दुवै पक्षमा स्तरीय भने देखिएको थिएन तर पाएका अवसरमा गोल गर्न नसक्दा गोल रहित बराबरीमा टुंगिदै दुवै टोलीले १-१ अंक बाडेका छन्।
खेलको ५७ औँ मिनेटमा सातदोबाटोका कप्तान मान बहादुरको प्रहार किपरले पन्च गर्दै बचाए। ५९औँ मिनेटमा सकल रेग्मीको प्रहार क्रस बारमा लागेर फर्किदा फ्रेण्डसले अग्रता बनाउने सुन्दर मौका गुमाउन पुग्यो।
६६ औँ मिनेटमा फ्रेण्ड्सका जमौला एन्थोनिले डिबक्स बाहिरबाट हानेको प्रहार सातदोबाटोका पिटनर सेगुनलाई रिफ्लेक्ट भएको बललाई किपरले मुस्कीलले पन्च गर्दै बचाए। ७६ औँ मिनेटमा रोनियल एन्थोनी पउलले दोहोरो पँहेलो कार्ड खाँदै मैदान छाडेपछि फ्रेण्डस् १० खेलाडीमा सिमित भयो।
८२ औँ मिनेटमा सातदोबाटोका निरज चौधरीको प्रहारलाई किपर राहुल रामचन्द् यादवलले बचाएपनि रिबाउण्डमा आएको बललाई पुनः चौधरीले प्रहार गरे पनि पोष्टको दिशा दिन भने सकेनन्।
लिगमा शनिबार हुने पहिलो खेलमा हिमालयन शेर्पा र संकटा क्लव तथा दोस्रो खेलमा च्यासल युथ क्लव र रुस्लान थ्रीस्टार क्लव भिड्नेछन्। पहिलो खेल दिउँसो १ बजे तथा दोस्रो खेल पौने ५ बजे दशरथ रगंशालामा हुनेछ।