ए डिभिजन लिगको पहिलो खेलमा भोलि सातदोबाटो युथ क्लब र फ्रेण्ड्स क्लब भिड्दै

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| मंसिर ३ गते देखि सुरु हुने सहिद स्मारक ए डिभिजन लिग प्रतियोगिताको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेण्ड्स क्लबले दशरथ रंगशालामा प्रतिस्पर्धा गर्नेछन्।

कुल १४ टोलीले सहभागिता जनाउने घरेलु प्रतियोगिता कात्तिक २९ गते नै सुरु हुने भनिएता पनि प्राविधिक समस्या देखाउँदै एन्फाले मंसिर ३ गतेलाई सारेको थियो।

उद्घाटन खेलमा फ्रेन्ड्स क्लबले भरखर “बि” डिभिजनबाट बढुवा भएको सातदोबाटो युथ क्लबसँग खेल्नेछ।खेल साँझ ५ बजे दशरथ रंगशालामा हुनेछ ।

खेल फ्लड लाईटमा हुनेछ, साथै खेलहरु प्रत्येक साताको शुक्रबार, शनिबार र आइतबार हुने एन्फाले घोषणा गरेको छ।

त्यस्तै यसपटक लिग हेर्न आउने दर्शकहरुका लागि रिफ्रेसमेन्ट सुविधा पनि दिइने एन्फाले जनाएको छ । यस सिजनमा अब खेल हेर्दै दर्शकहरुलाई चिया, कफी लगायतको रिफ्रेसमेन्ट सुविधा दिने एन्फाको तयारी छ।

लिग अवधिभर दर्शकहरुका लागि सामान्यतर्फ १०० र भिआईपीतर्फ ५०० टिकट दर तोकिएको छ।

लिग विजेताले यसपटक लिग उपाधिसहित नगद ७५ लाख पाउनेछ भने उपविजेताले ५० लाख प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले पनि नगद २५ लाख पाउने एन्फाले घोषणा गरिसकेको छ ।

 

Leave a Reply

Next Post

मेस्सी र इनेस्टा फर्काउने संकेत दिदै बार्सिलोना अध्यक्ष लापोर्ट

Thu Nov 18 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले ड्यानी आल्भेस भर्खरै क्याम्प नोउमा फर्किएपछि पूर्व स्टार लियोनल मेस्सी र एन्ड्रेस इनिएस्टाका लागि उस्तै पुनरागमनको ढोका खुल्ला राखेको बताएका छन्। नयाँ मुख्य प्रशिक्षक जाभीले भर्खरै पूर्व टोलीका साथी अल्भेसलाई क्लब पुन: निर्माण गर्न र बार्सिलोनालाई फेरि ट्रयाकमा फर्काउन मद्दत गर्न थप […]
%d bloggers like this: