ए डिभिजन लिग: मनांग विरुद्ध एपीएफको शानदार जित, एनआरटि विजयी

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको खेलमा एपिएफ क्लबले मनांग मर्स्याङ्दी माथि शानदार जित हात पारेको छ।

पहिलो हाफमा एक गोलले पछि परेको स्थितिलाई उल्टाउदै विभागीय टोलि एपीएफले ३-१ को शानदार जित आत्मसाथ गरेको हो।

मनांगका लागि स्टार फरवार्ड अन्जन बिष्टले खेलको ३४औ मिनेटमा गोल गर्दै मनांगलाई खेलमा अग्रता दिलाएका थिए।

तर मनांगको खुसि भने लामो समय टिक्न सकेन, एपीएफका लागि  ४०औं मिनेटमा आशिषले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।

एपीएफले दोस्रो हाफमा थप दुई गोल गर्दै खेल आफ्नो पक्षमा पारेको थियो।

८१औं मिनेटमा सब्सिच्युट मणि कुमार लामाले गोल गर्दै एपिएफलाई २–१ ले अघि बढाए । ८६औं मिनेटमा कप्तान नविनले गोल गर्दै एपिएफलाई ३–१ को सानदार पूनरागमन जित दिलाएका थिए।

नतिजा संगै रेलिगेसन संघर्षरत एपिएफ आठौं स्थानमा उक्लिएको छ। हार बेहोरेको मनांग भने दोस्रो स्थानमा यथवात रहेको छ।

त्यसैगरी आजै भएको अर्को खेलमा एनआरटीले संकटालाई १–० ले हराएको छ। एन्फा कम्प्लेक्स मैदानमा पहिलो हाफको २८औं मिनेटमा सरोज तामाङको पासलाई सदुपयोग गर्दै स्टेफन समिर विनोङले गोल गर्दै न्यु रोडलाई जित दिलाएका थिए।

जितसँगै एनआरटी पाँचौ स्थानमा उक्लिएको छ।पराजित संकटा भने ११ खेलबाट १५ अंक जोड्दै तालिकामा छैटौं स्थानमा रहेको छ।

 

Leave a Reply

Next Post

न्युजिल्यान्ड विरुद्ध दक्षिण अफ्रीकाको फितलो ब्याटिंग

Thu Feb 17 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| न्यूजील्याण्ड भ्रमणमा रहेको दक्षिण अफ्रिकन टोलीले, टेष्ट श्रृङ्खला अन्तर्गतको पहिलो खेलमा खराब प्रदर्शन गरेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकन टोली पहिलो दिनको पचासौं ओभरमा केवल ९५ रनमा समेटिएको थियो। पाहुना टोली दक्षिण अफ्रिकाका लागि मध्यक्रमका ब्याट्स्म्यान जुबेर हामजाले सर्वाधिक २५ रन बनाउँदा काइल […]
%d bloggers like this: