हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाली राष्ट्रिय क्रिकेट टोलीले मार्च २५ देखि काठमाडौंमा अन्तरास्ट्रिय एकदिवसीय र टि ट्वान्टी खेलको आयोजना गर्दैछ।
पपुवा न्युगिनी, नेपाल र मलेसिया सम्मिलित त्रिकोणात्मक टि ट्वान्टी सिरिज अघि नेपालले पपुवा न्युगिनी विरुद्ध दुई अन्तराष्ट्रिय एकदिवसीय खेल खेल्नेछ।
जस अन्तर्गत नेपालले पहिलो खेलमा शुक्रबार पपुवान्युगिनी विरुद्ध पहिलो एकदिवसीय खेल खेल्नेछ।
नेपालले यसअघि विश्वकप लिग २ मा पपुवा न्युगिनी र युएई विरुद्ध प्रतिस्पर्धा गरेको थियो। जसमध्ये दुई खेलमा न्युगिनीलाई पराजित गरेको नेपाली टोलि युएई विरुद्ध भने दुवै खेलमा पराजय बेहोरेको थियो।
भारतमा सन् २०२३ मा हुने एकदिवसीय विश्वकप प्रतियोगितामा छनौट हुन प्रमुख खुड्किलो रहेको विश्वकप लिग २ मा नेपालको प्रदर्शन भने राम्रो हुन सकेको छैन।
अहिले सम्म १२ खेल खेलेको नेपालले ६ मा जित र ६ मा हार बेहोर्दै तालिकामा छैठौं स्थानमा बसेको छ। नेपाल भन्दा तल केवल पपुवा न्युगिनी रहेको छ।
छनौट चरणमा शिर्ष ३ मा रहने टोलीले विश्वकप छनौटमा स्थान बनाउने छ भने नेपाल अहिले शिर्ष ३ बाट ४ अंकको दुरीमा रहेको छ।
शिर्ष स्थानमा रहेको ओमानले सबैभन्दा बढी खेल खेलेको छ। २८ खेल खेल्दा ओमान १७ जित सहित ३६ अंक जोडेर पहिलो स्थानमा रहेको छ।
नेपालमा चाल्ने अन्तरास्ट्रिय सिरिज भने अप्रिल २ सम्म चल्ने छ। पहिलो एक दिवसीय खेल २५ मार्च शुक्रबारमा हुनेछ भने दोस्रो एक दिवसीय खेल २६ मार्चमा हुनेछ।
त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा पहिलो खेल नेपालले पपुवा न्युगिनी विरुद्धनै खेल्ने भएको छ। ३० मार्चमा नेपालले दोसोर खेल मलेसिया विरुद्ध खेल्ने छ भने ३१ मार्चमा पपुवा न्युगिनी विरुद्ध दोस्रो टि ट्वान्टी खेल खेल्ने छ।
हाल सम्म नेपालले पपुवा न्युगिनी विरुद्ध पछिल्ला ३ एकदिवसीय खेलमा नतिजा आफ्नो पक्षमा पारेको छ भने टि ट्वान्टीमा भने पछिल्ला ३ खेल मध्ये एक खेलमा पराजित भएको छ।