हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। ९ खेलमा अपराजित ब्राजिल यु-२३ टोलिले पहिलो हाफमा लिएको लिडलाइ कायम गर्दै इजिप्ट बिरुद्दको कवाटर फाइनल खेलमा १-० को जित निकालेको हो।
आक्रामक सुरुवात गरेको ब्राजिलले पहिलो हाफमा निकै धेरै मौकाहरु सिर्जना गरेको थियो। सो स्वरुप खेलको ३७औ मिनेटमा रिकार्लिसनको पासलाइ उत्कृष्ट ढंगबाट गोल गर्दै, कंहाले ब्राजिललाइ पहिलो अग्रता दिलाएका थिए।
पहिलो हाफको समाप्तीमा ब्राजिलले आफ्नो अग्रता कायम गरेको थियो। दोस्रो हाफको सुरुवाती प्रयास हेर्दा ब्राजिल खेल आक्रमकबाट डिफेन्सिभ तिर सर्दै गएको थियो। भने बराबरीको दाउ हेर्ने क्रममा इजिप्टले लगातार गोल गर्ने प्रयास गरिरहेको थियो।
६३% समय आफ्नो पक्षमा खेललाइ पारेको ब्राजिललाइ यो सहज जित हुन पुग्यो। दोस्रोहाफमा दुवै टोलीहरुले अथक प्रयास गरेतापनि कुनै पनि तर्फबाट गोल हुन सकेन। आशाबादी रहेको मेकशिकोले १-०को हार बेहोर्दै प्रतियोगिता छोड्न बाध्य भएको छ भने राम्रो अलअराउण्ड प्रदर्शन गरेको ब्राजिलले सेमिफाइनलको यात्रा तय गरेको हो।
उपाधिको दाबेदारमानिएको ब्राजिलले अब दुइ खुड्किला पार गर्नु पर्ने हुन्छ। सेमिफाइनलको यात्रा तय गरेपछि अब उक्त मोडमा उसको भेट मेकशिकोसंग हुने देखिएको छ।
अघिल्लो पटक (२०१६) अन्तर्गतको ओलम्पिक्समा ब्राजिलले जर्मनीलाइ फाइनलमा पराजित गर्दै उपाधि हात पारेको थियो भने यसपटक पनि टोलिको लयलाइ हेर्दा, आफ्नो शिर्षकको सुरक्ष्या गर्ने दाउमा ब्राजिल रहेको देख्न सकिन्छ।
सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने टोलिहरु भने, स्पेन, जापान, मेक्सिको र ब्राजिल रहेका छन् र ब्राजिलका लागि स्पेन भने बाधक बन्न सक्ने देखिन्छ।