हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| यसैवर्ष नोभेम्बरमा फुटबलको महाकुम्भ मानिने विश्वकपका लागि चहलपहल बढ्दो छ।
अघिल्लो साता छनोट भएका राष्ट्रहरूको समुह चरण पनि छुट्याई सकिएको छ जसमा तिन टोलिले छनौट खेल खेल्न बाँकी रहेको छ।
पारम्परिक रुपमा जुन महिनामा हुने विश्वकपलाई यसपटक फेरि बदल गरेर कतारको प्रचण्ड गर्मी बाट बचाउनका लागि जाडोमा सारिएको छ।
त्यसैका लागि पनि यसै विश्वकपका लागि भनेर बिशेष किसिमको आधुनिक रंगशालाको निर्माण पनि लगभग अन्तिम चरणमा पुगिसकेको छ।
विगत चार वर्षमा विश्वका झण्डै १९० फुटबल संघहरुले सहभागिता जनाएको छनौट चरणबाट, अन्तिम ३२ टोलीले आउने विश्वकपमा स्थान बनाउने छन्।
विश्वकप आयोजना गर्ने जिम्मेवारी पाएसँगै कतारले आलोचना र विवाद भने सुरुवातदेखि नै भोग्नु परेको छ।
कैले भ्रष्टाचार काण्ड त कहिले मानव अधिकारका कुरालाई लिएर कतार विश्वकपको भविष्य के हुने हो भन्ने अन्योलमै रहेको थियो।
तर यसै अन्यौलताका वीच पनि आखिर विश्वकप कतारमै हुने भएको छ।
यसै साता ड्र मा आयोजित बिशेष समारोहमा कतारले अाउँदो विश्वकपका लागि कुनै पनि क्षेत्रमा कुनै किसिमको कमि कमजोरी हुन नदिने प्रतिबद्धता जनाएको छ।
त्यसैकारण पनि कतारले यस विश्वकपका लागि झण्डै दुइ सय बिलियन अमेरिकी डलर खर्च गर्ने भएको छ।
जसमा मैदान र संरचनाका लागि मर्मत सम्हार देखि लिएर हरेक सेवा-सुविधाका खर्च यसमा समावेश भएका छन्।
आश्चर्यजनक रूपमा कतारले आफ्नो प्रचण्ड गर्मी सहनु नपरोस् भनेर विश्वकप हेर्न आउने दर्शक तथा खेलाडीहरुका लागि १०० बिलियन भन्दा बढी त संरचना पुनर्निर्माण र स्तरोन्नतिमा खर्च गर्ने भएको छ।
दक्षिण अफ्रिकाले एक दशकअघि विश्वकप आयोजना गर्दा ३.५ बिलियन अमेरिकी डलरमा सम्पूर्ण प्रतियोगिता सकेको थियो। जसको तुलनामा कतारमा हुन गईरहेको विश्वकपको खर्च ६० गुणा बढि रहेको छ।
रसियामा भएको २१औ संस्करणमा पनि रसियाले केवल ११ बिलियन खर्च गर्दा कतारले गर्न लागेको खर्च निकै महत्वकाङ्क्षी देखिन्छ।