कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ को एक समिक्षा

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग २०७८ गत शनिबार सम्पन्न भएको छ।

मछिन्द्र क्लबले लगातार दोस्रो लिग उपाधि आफ्नो पोल्टामा पार्दै ए डिभिजन लिगमा आफ्नो उदयलाई मजबुत देखाउन सफल भयो।

संगै क्लब स्तरमा एसियाली खेलकुद प्रतियोगितामा मनांग मर्स्याङ्दीलाई उछिन्दै आफ्नो उपस्थिति जनाउन सफल भएको च्याम्पियन मछिन्द्रले आगामी केहि सिजन पनि अझै तहल्का मच्चाउन सक्ने छ।

अझ रोचक त उसको अपराजित यात्रा रहेको छ। प्रतियोगिता भरिनै मछिन्द्रले शानदार रक्षात्मक खेल संगै आक्रमणको राम्रो सम्मिश्रण देखाएको थियो।

‘हामीले अपराजित भएर लिग टुंगाउने लक्ष्य थियो । त्यसमा पनि जितेर टुंगाएको छौं । त्यो महत्त्वपूर्ण पाटो हो’, कटुवालले लिगको अन्तिम खेलपछि भने, ‘सुरुमा सात खेल सम्म गाह्रो भएको थियो । नवौं खेलबाट सजिलो भयो । प्रतिद्वन्द्वि टोलीहरु रोकिए। यसपटक सजिलो तरिकाले लिग जितियो ।’

मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले ट्रफी हात पारेपछि बताए।

लिगमा १३ खेलको यात्रामा मछिन्द्र ११ खेलमा जित र २ बराबरी गरेको थियो भने लिगमा सम्भब ३९ अंक मध्ये ३५ आफ्नो पोल्टामा पारेको थियो।

मछिन्द्रकै सुनिल बल लिगमा उत्कृस्ट खेलाडी घोषित भएका थिए। उनले यस सिजन मछिन्द्रलाई उपाधि जिताउन ६ गोल गर्दै प्रमुख भूमिका खेलेका थिए।

सदैब बलियो मानिएको मनांग भने यस पटक नमिठो खस्किएको छ। सधै शिर्ष ३ मा गतिलो चुनौती दिने मनांग मर्स्याङ्दी लिग, मध्याह्न सम्म मछिन्द्र संग चर्को प्रतिस्पर्धा गर्न सफल भएता पनि अन्त्य तिर खस्किन पुगेको थियो।

अन्ततः लिग समापन गर्दा मनांगले पाँचौ स्थान हात पारेको थियो। उ संगै थ्री स्टार क्लबले पनि लिगमा अब चुनौती दिन नसक्ने जस्तै देखिन थालेको छ। पुरानै गौरव,मा रमाईरहेको थ्री स्टारले यस सिजन छैठौं स्थान हात पारेको छ।

नव प्रवेशी सातदोबाटो युथ क्लबले भने राम्रो प्रदर्शन दिदै लिगमा चौथो स्थानको सफर तय गर्दा च्यासल र ब्रिगेड भने रेलिगेसनमा परेका छन।

निकै मोटो रकम खर्चिएर च्यासल युथ क्लबले यस सिजन लिगमा राम्रो प्रदर्शन गर्ने बताएको थियो तर नतिजा भने ठीक बिपरित रहन पुग्यो।

विभागीय टोलि आर्मी क्लबले दोस्रो स्थान हात पर्दा अन्य विभागीय टोलि नेपाल पुलिस क्लबले ११ औ र एपिएफ क्लबले आठौं स्थान हात परेको छ।

मछिन्द्र संगै लिगमा अपराजित रहेको विभागीय आर्मीले लिगमा  ५ जित र ८ बराबरीको नतिजा आत्मसाथ गरेको थियो।

एक समय मनांग संगै उपाधिमा देखिने पुलिस क्लबको प्रदर्शन राम्रो नभएको निकै भैसक्यो।

त्यसैगरि न्यु रोड टिम एनआरटिले मध्यम प्रदर्शन गर्दै तेस्रो स्थान हात पार्दा संकटाले सातौ तथा हिमालयन शेर्पाले १०औ स्थान हात पार्यो।

 

 

Leave a Reply

Next Post

उमेरको असर देखिन थालेको हो त मेस्सी र रोनाल्डोको प्रदर्शनमा?

Sun Feb 27 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आधुनिक फुटबल जगतमा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई नपछ्याउने र आदर्श नमान्ने खेल प्रशंसकहरू बिरलै होलान। फुटबल मैदान भित्र होस् या बाहिरी दुनियाँमा आफ्नो बेग्लै छवि बनाएका यी दुबै फुटबल सुपरस्टार, पछिल्ला डेढ दशक यताका सर्वाधिक रुचाइएका फुटबल खेलाडी हुन। युरोप होस या विश्व फुटबल, शीर्ष […]
%d bloggers like this: