करण केसी को अनुपस्थितिले टोलीमा कस्तो असर पर्ला?

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| शुक्रबार देखि ओमानमा सुरु हुने आइसिसी टि२० विश्वकप ग्लाबोल छनोट खेल्ने अन्तिम १४ सदस्य नेपाली क्रिकेट टोली घोषणा गरिसकिएको छ।

टोलीमा नयाँ पुस्ताका कुशल मल्ललाई बाहिर राख्दै अनुभवी ब्याट्सम्यान शरद भेषवाकर र ज्ञानेन्द्र मल्लले ठाउँ पाएका छन्।

अलराउन्डर कुशल मल्ल सहित ओपनर प्रदीप ऐरी र स्पिनर साहब आलम वैकल्पिक खेलाडीका रुपमा परेका छन्।

तर ठुलो झट्काका रुपमा, वर्तमान नेपाली क्रिकेटमा निकै लोकप्रिय बनेका कारण केसीले भने चोटका कारण छनौट गुमाउने भएका छन्।

उनि संगै सोमपाललाई पनि गुमाएको नेपाली टोलीमा तल्लोक्रममा विस्फोटक शट खेल्न सक्ने ब्याट्सम्यान रहेका करण केसीको अभाब भने खट्किने छ।

छनौट अघि भएको सिरिजमा पनि नेपाली टोलीको ब्याटिंगमा रहेको कमजोरी छताछुल्ल भएको थियो। अझ आयरल्याण्ड विरुद्धको खेलले त नेपालको विश्वकप यात्रा कहाँ सम्मको हो भन्ने शंका उब्जाएको छ।

महबुब आलम पश्चात नेपालले पाएको पेस बलर तथा अलराउन्डर करण केसी नै हुन भन्दा फरक पर्दैन। टोलीलाई चाहिएको बेला चाहे बलले जादु देखाएर होस या ब्याटले करण नेपाली टोलीका मुख्य हतियारका रुपमा बिगत केहि बर्षयता नियमित रुपमा रहेका छन्।

झन् यस्ता ठुला प्रतियोगितामा उनको साथ् नहुनु, नेपाली क्रिकेटलाई पक्कै पनि राम्रो कुरा भने होइन।

अझै पनि नेपाली टोलिले ब्याटिंगमा निखार ल्याउन सकेको छैन। दिपेन्द्र सिंह बाहेक अन्य कुनै खेलाडीले टि ट्वान्टी सिरिजमा राम्रो प्रदर्शन गर्न सकेनन। अझ नेपालको तल्लो क्रमको ब्याटिंग त ध्वस्त देखिएको थियो।

बलिंग संगै ब्याटिंगमा पनि करणको ठाउँमा खेल्ने खेलाडीले अनुभब देखाएर टोलीलाई भरपुर साथ् दिनु, ठुलो चुनौती रहेको छ।

नेपालले पहिलो खेल १८ फेब्रुअरीमा ओमानसँग खेल्नेछ। नेपाल सेमिफाइनल हुँदै फाइनल पुग्ने सके आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउने छ । नेपालको समूह बी मा ओमान, फिलिपिन्स र क्यानडा छन्।

नेपाली टोलि: सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, जितेन्द्र मुखिया, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, लोकेश बम र गुलशन झा।

Leave a Reply

Next Post

मच्छिन्द्र लगातार दोस्रो पटक सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन

Wed Feb 16 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सातदोबाटो युथ क्लबलाई १-० ले हराउदै डिफेन्डिंग च्याम्पियन मछिन्द्र फुटबल क्लब, यस वर्षको कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनेको छ। लगातार दोस्रो लिग उपाधि जित्ने क्रममा मछिन्द्रले दुई खेल बाँकी छँदै लिग आफ्नो पक्षमा पारेको छ। पहिलो खेलमा न्यु रोड टिम विरुद्ध गोल […]
%d bloggers like this: