करियरको ८००औं गोल नजिक क्रिस्टियानो रोनाल्डो

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ५ पटकका विश्व खेलाडी तथा कीर्तिमानी युरोपियन च्याम्पियन्स लिग विजेता क्रिष्टियानो रोनाल्डो करियरको ८०० गोल नजिक पुगेका छन्।

सिनियर करियरमा १००० भन्दा बढी खेल खेलिसकेका क्रिष्टियानो रोनाल्डोले अहिले सम्म ७९६ गोल गरिसकेका छन्।

पुरुष तर्फको विश्व फुटबलमै सर्वाधिक गोलकर्ता रहेका क्रिष्टियानो रोनाल्डोले अन्तराष्ट्रिय करियरमा ११५ गोल गरेका छन्।

क्लब करियरमा ९०७ खेल खेल्दै ६८१ गोल गरेका रोनाल्डो रियल मड्रिडको इतिहासमै सबैभन्दा बढी गोल गर्ने कीर्तिमानी खेलाडी रहेका छन्।

मड्रिडमा ९ सिजन बिताएका रोनाल्डोले क्लबका लागि ४३८ खेल खेल्दा १.०३ को बिश्व स्तरीय रेसियोमा ४५० गोल गरेका छन्।

त्यसैगरी म्यानचेस्टर युनाइटेडबाट ३०२ खेल खेल्दा १२५ गोल गरेका छन् भने इटालीयन क्लव युभेन्टसबाट कुल १३४ पटक खेल्दा १०१ गोल गरेका छन्।

स्पेन, इंग्ल्याण्ड र इटालीको घरेलु क्लबका लागि १०० भन्दा बढी गोल गर्ने क्रिष्टियानो रोनाल्डो एकमात्र खेलाडी रहेका छन्।

करियरमा ८००औ गोल बाट केवल ४ गोलको दुरीमा रहेका रोनाल्डो व्यक्तिगत रुपमै पनि  रेकर्डका खानि रहेका छन् ।

गोल गर्न मात्र नभई ट्रफीलाई हात पार्न पनि उत्तिकै माहिर रहेका रोनाल्डोले पोर्चुगलका लागि युरोकप जितिसकेका छन् भने पाँचपटक युरोपियन च्याम्पियन्स लिग जित्ने संसारमै केवल दोस्रो खेलाडी हुन्। व्यक्तिगत रुपमा चारपटक युरोपियन गोल्डेन बुट जितेका रोनाल्डोले सन् २०१७ मा आफ्नो पाँचौं बेलुन डी ओर हात पारेका थिए।

२ फरक क्लबहरूमा निम्न ट्रफीहरू जित्ने एक मात्र खेलाडी उनि हुन :  युरोपियन च्याम्पियन्स लिग, लीग सुपरकप, लीग कप, लीग MVP, गोल्डेन बुट, बालोन डी’ओर, र फिफा क्लब वर्ल्ड कप (डिसेम्बर २०, २०१४)

क्रिष्टियानो रोनाल्डोले अन्तराष्ट्रिय फुटबलमा राष्ट्रका लागि सबैभन्दा बढी १० ह्याट्रिक गर्ने खेलाडीको रेकर्ड पनि आफ्नै नाममा राखेका छन्।

विश्व फुटबलमै करियरमा आधिकारिक खेलमा पाँचसय भन्दा बढी गोल गर्ने खेलाडीहरुमा पहिलो नम्बरमा रहेका क्रिस्टियानो रोनाल्डोलाई उनका समकक्षी लियोनल मेस्सीले पछ्याई रहेका छन्।

 

Leave a Reply

Next Post

च्याम्पियन्स लिगमा आज महत्वपुर्ण खेलहरु हुँदै (तालिका सहित)

Tue Nov 2 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपियन च्याम्पियन्स लिग अन्तर्गत आज  समुह चरणमा चौथो चरणका खेलहरु हुँदैछन्। समूह ‘एच’ अन्तर्गत दोस्रो स्थानमा रहेको चेल्सीले जितविहीन रहेको मालमाे विरुद्ध उसकै घरेलु मैदान एलडा स्टेशनमा खेल्दैछ। समूह ‘जी’ मा शीर्ष स्थानमा रहेको साल्जबर्गले अन्तिम स्थानमा रहेको जर्मन टोली वोल्फस्बर्गको सामना गर्दैछ। आजको खेल जितेको […]
%d bloggers like this: