करोडौंको प्रतियोगितामा ब्यबस्थापन चाहिँ किन शुन्य?

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| गतसाता शहीद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र विरुद्ध च्यासल युवा क्लब बीचको खेलमा घटेको घटना, नेपाली जनस्तरमा देखिने व्यवस्थापन हीनताको एउटा ठूलो पराकाष्टा रहेको थियो।

नेपालका हरेक क्षेत्रमा देखिने चरम लापरवाहीले राजनैतिक प्रशासनिक मात्र हैन खेलकुद क्षेत्र पनि त्यतिनै गलाएको छ।

मैदानमा चोट बोकेर झण्डै चार मिनेट बेहोस भएका मनिष डाँगी उक्त अव्यवस्थापन र चरम लापरबाहीको एक पात्र बनेका छन्।

भगवानलाई धन्यवाद दिनुपर्छ गत वर्ष युरो कपमा इरिक्सनलाई भएको जस्तो दृश्य हामीले हाम्रा खेलाडी माथि देख्नु परेन।

तर दशरथ रंगशाला भित्र देखिएको उक्त विचित्र लापरवाहीका कारण खेलाडीलाई जुनसुकै अवस्थामा जे पनि हुन सक्थ्यो।

बर्षेपिच्छे पुरस्कार राशीमा यति र उति वृद्धि गरेका छौं भनेर भाषण दिने नेपाली खेल क्षेत्रका अगुवाहरुले व्यवस्थापनमा गरेको चरम लापरवाहीको हद नाघिसकेको छ।

हरेक खेल क्षेत्रमा न खेलाडीले उचित सेवा सुविधा पाएका छन्, न तयारी गर्नका लागि मैदान छ, न खेलाडीले मैदानमा लड्दा समेत उपयुक्त स्वास्थ्य उपचारनै पाउँछन।

नेपालमा लापरबाहीको हद यतिसम्म पुगेको छ कि चाहे फुटबलका ठूला प्रतियोगिता हुन् या क्रिकेटको, मैदानको एक कुनामा एम्बुलेन्स राखिदिए पुग्छ, खेलाडीलाई के भयो भनेर मैदानमा हेर्नका लागि कुनै बिज्ञ चाहिँदैन।

क्रिकेटमा वर्षमा एकपटक ठूला प्रतियोगितामा पानी पर्यो भने खेलमैदान बर्खामा परेको पानीले भिजेको खेत जस्तै देखिन्छ, त्यसलाई सुकाउने अहिलेसम्म उपकरण नेपाल भित्रेका छैनन। प्रतियोगिताको तालिकामा भएका खेल्नै रद्द हुने गर्दछन, तर प्रतियोगितामा कुरा भनेको करोडौंको मात्रै हुने गर्दछ।

फुटबल र क्रिकेट बाहेक त अरु निकाय झन कमजोर देखिएका छन्। खेलाडी स्वयंले पैसा हालेर प्रतियोगितामा भाग लिन जानुपर्ने, प्रतियोगिताको तयारीका लागि सामान किन्नुपर्ने, हरेक पीडा खेलाडीकै।

खेलकुदका माथिल्लो निकायमा बस्ने पदाधिकारी हेरिराख्या छौं भन्न थालेको निकै भैसक्यो, वर्षौं भइसक्यो हेर्न थालेको तर के हेरेको भन्ने अत्तोपत्तो छैन।

करोडौंका धाक लगाएर एक पैसाको ब्यबस्थापन गर्न सकिदैन भने, खेलाडीको ज्यान जोखिममा पारेर किन गर्ने यस्ता प्रतियोगिता?

Leave a Reply

Next Post

आयरल्याण्ड विरुद्ध नेपालको शानदार बलिंग

Mon Feb 14 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं|ओमानमा जारी ४ देश टी ट्वान्टी प्रतियोगितामा आयरल्याण्ड विरुद्ध नेपालले शानदार बलिङ गरेको छ। जारी शृङ्खला अन्तर्गत आफ्नो तेस्रो खेलमा आयरल्यान्ड विरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपालले आयरल्यान्डलाई निर्धारित २० ओभरमा १२७ रनमा समेटेको हो। आयरल्याण्डलाई सस्तैमा समेट्ने क्रममा नेपालका तर्फबाट दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ […]
%d bloggers like this: