कसले पाउलान त युसिएल गोल्डेन बुट, यस्तो छ समिक्षा !!

हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ | युरोपियन च्याम्पियन्स लिगको शुरुवातसंगै युरोपियन क्लबहरुमा नयाँ जोश थपिएको छ।

१४ सेप्टेम्बर बाट सुरु भएको समूह चरणको पहिलो चरणको खेलहरु समाप्त भएका छन्।

म्यान्चेस्टर युनाइटेड विरुद्ध योङ्ग बोइजको अप्रत्याशीत नतिजा सँगै लिभरपुलको घरेलु मैदानको पुनरागमनले यसपालिको सिजन सुरुवातबाटै रोमाञ्चक भएको छ।

प्रतियोगिताको ट्रफीसँगै कसले गोल्डेन बुट जित्ने हुन्? भन्ने किटान सधै हुने गरेको छ।

सोही विषयमा केन्द्रीत रहदै आज हामी युरोपका केही उत्कृष्ट खेलाडीहरुलाई चुनेर सम्भावित गोल्डेन बुटका दाबेदारहरु माथि नजर राख्ने छौं।

१) रोबर्ट लेवान्डोस्की: बायर्न म्युनिखका स्टार खेलाडी तथा बुन्डेस लिगा को सर्वश्रेष्ठ गोलकर्ता मध्येका एक लेभान्डोस्कीले युरोपमा एक पछि अर्को तहल्का मच्चाइरहेका छन्। सन् २०१९ को च्याम्पियन्स लिग विजेता तथा वर्ष खेलाडि समेत रहेका उनले च्याम्पियन्स लिगमा अहिलेसम्म ७५ गोल गरिसकेका छन्। सर्वाधिक गोलकर्ता मा मेस्सी र रोनाल्डो पछि रहेका लेभान्डोस्की पछिल्लो केही सिजन यता गोल्डेन वुटका प्रबल दाबदार हुँदै आएका छन्। २०१९मा बिजेता हुँदा उनले पहिलो पटक गोल्डेन बुट हात पारेका थिए।

२) रोमेलु लुकाकु: गत सिजनको युरोपेली च्याम्पियन चेल्सीमा यसै सिजन भित्रिएका लुकाकु आफ्नो गोल गर्ने क्षमताले प्रख्यात छन्। गत सिजन इन्टर मिलानलाई सेरियाको उपाधि जिताउन मुख्य भूमिका खेलेका स्ट्राइकर लुकाकू आफ्नो करियरकै उच्च लयमा देखिएका छन्। नयाँ व्यवस्थापक थमस टुकेलको नेतृत्वमा निकै उत्कृष्ट खेल खेलिरहेको चेल्सी यसपटकको युरोपियन लीगको दाबेदार रहेको छ। यस्तोमा लूकाकु आफ्नो अहिलेको गोल गर्ने क्रममा रहदै चेल्सीलाई प्रतियोगितामा निकै परसम्म पुर्याउने क्षमता राख्दछन्।

३) लियोनेल मेस्सी: विश्वकै महान खेलाडी मध्येका एक मेस्सीका बारेमा चर्चा गरेर सकिँदैन। बार्सिलोनाबाट यसै सिजन पीएसजी पुगेका मेस्सि यसपटकको च्याम्पियन्स लिगका प्रबल दाबेदार रहेका छन्। नेमार र एमवप्पे संगै अग्रपंक्तिमा देखिने उनी यसपालीको गोल्डेन बुटको होडमा बलियो देखिन्छन्।

४) एरलिङ हालाण्ड: बोरुसिया डर्टमुन्डका युवा खेलाडीले आफ्नो डेब्यू खेल देखिनै युरोपमा एकपछि अर्को कीर्तिमान लगातार थपिरहेका छन्। गत सिजनको सर्वाधिक गोलकर्ता रहेका हालान्ड यसपालि पनि सोही लयमा रहेका छन्। डर्टमन्डले राम्रो खेल प्रदर्शन गरेर अर्को राउन्ड पुग्न सके सर्वाधिक स्कोरर फेरि आफ्नै नाममा लेखाउन सक्नेछन् एरलिंग हालाण्डले।

५) नेईमार: पेरिसका प्रिन्स नेईमार २०१९मा टिमलाई फाइनल सम्म पुर्याउँदा महत्वपूर्ण खेलाडी रहेका थिए। असीमित क्षमता बोकेका उनी यसपाली झन् बलियो देखिएको पेरिसलाई उपाधि तर्फ डोहोर्याउने क्रममा सर्बाधिक गोल गर्ने पो हुन् कि? नकार्न सकिन्न।

६) किलियन एंबाप्पे: फ्रान्सको अहिलेको पुस्ताको सबैभन्दा उत्कृष्ट खेलाडी मध्येका एक एमबाप्पे मेस्सी र नेईमारसँगै यसपालिको गोल्डेन बुट जित्ने मध्येका एक प्रबल दाबेदार रहेका छन्।

७) मोहम्मद सलाह: लिभरपुलका चर्चित एबं विश्व फुटबल अहिलेका सुपरस्टार रहेका सलाह, लिभरपुलका लागि २०१८मा युरोपियन च्याम्पियन बन्न पुग्दा सर्वाधिक गोलकर्ता रहेका थिए। अघिल्लो सिजन टोलीमा चोट बोकेर महत्वपूर्ण खेलाडीहरु बाहिर रहँदा लिभरपुलले च्याम्पियन्स लिगबाट नक आउटबाटै बिदा लिएको थियो। तर यसपाली टिमका महत्वपूर्ण सदस्यहरुको वापसी भएको हुँदा लिभरपुलले उत्कृष्ट खेल प्रदर्शन गर्ने पक्का छ। यस्तोमा लिभरपुललाई अन्तिम आठमा अथवा ४ सम्म देखिने सम्भावना बलियो देखिन्छ। त्यसै आधारलाई मान्दा सायद सलाह यसपाली गोल्डेन बुट को होडमा अग्रपंक्तिमै देखिन्छन्।

८) क्रिष्टियानो रोनाल्डो: च्याम्पियनस लिग इतिहासमा सबैभन्दा बढी गोलकर्ता रहेका क्रिस्टियानो यस सिजनका पनि प्रमुख गोल्डेन बुट दाबेदार मध्येका एक रहेका छन्। तर म्यानचेष्टर युनाइटेडको खेल निकै अप्रत्यासित हुने भएको हुँदा टोली अर्को चरणमा पुग्छ अथवा पुग्दैन भन्ने निर्क्यौल लाउन सकिँदैन। समूह त्यति गाह्रो नभए पनि खेल्ने शैलि सटीक नहुँदा रोनाल्डोको यसपालीको गोल्डेन बुट छायाँमा पर्ने हो कि?

९) करिम बेन्जेमा: रियल मड्रिडको अहिलेको टोलीमा सर्वाधिक गोलकर्ता रहेका वेन्जेमा आफ्नो गोल पोस्ट अगाडिको चातुर्यतामा माहिर छन्। टोली अहिले सङ्क्रमणकालीन अवस्थामै रहेपनि रियाल मड्रिडलाई कमजोर भने आँक्न मिल्दैन। अघिल्लो सिजन ६ गोल गरेका उनी यसपाली उक्त संख्यालाई सुधार गर्ने होडमा अवश्य देखिने छन्।

Leave a Reply

Next Post

बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कीम्यानको भविष्य अन्यौलमा!

Thu Sep 16 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाका प्रशिक्षक रोनाल्ड किम्यानको भविष्यका बारेमा बार्सिलोनामा आकस्मिक बैठक बसिएको छ। क्लबका अध्यक्ष जोन लापोर्तले प्रशिक्षक किम्यानको भविष्यलाई लिएर पदाधिकारीहरुसँग छलफल गरेको खबर बाहिर आएको हो। यसैसाता घरेलु मैदानमा बायर्न म्युनिखसँग च्याम्पियन्स लिगमा हारेपछि बार्सिलोनाको भविष्यको फेरि चर्चा सुरु भएको छ। गत सिजन बार्सिलोनामा आएका किम्यानको […]
%d bloggers like this: