कसले सम्हाल्ला त बार्सिलोनाको ऐतिहासिक १० नम्बर जर्सी?

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| मेस्सीले बार्सीलोना छाडेसँगै उनले लगाउने गरेको १० नम्बरको जर्सी अहिले खाली भएको छ।

करिब १३ बर्ष बार्सामा रहेर उनले १० नम्बर जर्सीको सेवा गरेका थिए।

रोनाल्डिन्होले २००८मा बार्सिलोना छाड्दा आफ्नो उत्तराधिकारी बनाउँदै १० नम्बर जर्सी मेस्सीलाई उपहारस्वरुप दिएका थिए।

तर यस सिजन न त मेस्सीले कसैलाई उक्त नम्बर उपहार दिए न त कसैलाई उत्तराधिकारी बनाए न कसैले अहिलेसम्म छुने आँट नै गरेको छ।

केही लिगहरुमा जर्सि रिटायर गर्ने प्रचलन भएपनि लालिगा ले भने उक्त विषय माथि प्रतिबन्ध लगाएको छ।

क्रिकेटमा, एनबिएमा, इंग्लिस प्रिमियर लिगमा तथा इटालियन सेरीएमा केही जर्सीहरु रिटायर गरिएका छन्। तर ला लिगाले उक्त विषयमा अहिले सम्म सहमति दिएको छैन।

जोआन ज्ञाम्पर ट्रफी देखि लीगको तेस्रो चरणको खेल सकिँदा सम्मपनि बार्सिलोनाले उक्त जर्सीलाई के गर्ने भन्ने कुरा अहिलेसम्म खुलाएको छैन।न त टोलीका कसैले उक्त जर्सी लगाउने कुरा बाहिर आएको छ।

१० नम्बर शर्ट समग्र फुटबल मा प्रतिष्ठित छ। बार्सिलोनामा अझ रोमारियो, रोनाल्डिन्हो, डिएगो म्याराडोना, रिवाल्डो र मेस्सी जस्ता महान हस्तीहरुले लगाएको हुँदा नयाँ खेलाडीलाई जिम्मेवारी पनि उत्तिनै थपिन जान्छ।

त्यसैले पनि टिममा रहेका नयाँ पुस्ताका खेलाडीहरु माझ दबाब सिर्जना नहोस् भनेरै पनि बार्साले सायद यो यो सिजन उक्त नम्बर शर्ट कसैलाई दिने छैन।

 

Leave a Reply

Next Post

इन्टरनेटमा मेस्सी र रोनाल्डोको रवाफ, कसको ट्रान्सफर ठुलो?

Tue Aug 31 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| मेस्सी र रोनाल्डो मध्ये सर्वश्रेष्ठ को भन्ने कुरा एक्काइसौं शताब्दीको चर्चाको विषय रहेको छ। अझै भनौं विश्व दुई भागमा बाँडिएको छ मेस्सी र रोनाल्डो लाई लिएर। एक भाग मेस्सी सर्वश्रेष्ठ भन्छ भने अर्को भाग रोनाल्डो। मिलेर एक अर्कालाई ठीक भन्ने चाहिँ विरलै भेटिन्छन्। सधै विश्व फूटबलमा […]
%d bloggers like this: