कस्तो छ त नेपाल बिरुद्द उत्रिने जिम्बाब्वे टोलि?

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाली राष्ट्रिय क्रिकेट टोली विरुद्ध तीन एकदिवसीय र तीन टि ट्वान्टी श्रृंखलाका लागि जिम्बाबले भ्रमण टोली घोषणा गरिसकेको छ।

नेपाल क्रिकेट संघका म्यानेजर विनोद दासले अघिल्लो महिना भएको त्रिकोणात्मक सिरिज पछि जिम्बाबे ‘ए’ ले नेपाल भ्रमण गर्ने बताएका थिए।

विश्वकप क्रिकेट लिग दुईको तयारीका स्वरुप नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा टेस्ट राष्ट्र जिम्बाबेको ए टोली विरुद्ध प्रतिस्पर्धा गर्ने भएको हो।

तर टेष्ट राष्ट्र जिम्बावेले विरुद्ध सिरिज नजिकिँदै जाँदा नेपाली राष्ट्रिय टोलीले अहिलेसम्म बन्द प्रशिक्षण भने सुरु गरेको छैन। 

आफ्नो पहिलो रोजाई दक्षिण अफ्रीका विरुद्ध पठाएको जिम्बाबेले नेपालमा भने अन्तराष्ट्रिय स्तरमा कम अनुभब भएका खेलाडी पठाएको छ।

दक्षिण अफ्रिकाविरुद्धको सिरिजका लागि जिम्बावेले आफ्ना पहिलो रोजाइका खेलाडी जिम्बाबे ११ का रूपमा घोषणा गरिसकेको छ। 

नेपालविरुद्धको सिरिजका लागि भने जिम्बाब्वेका लागि केहि राष्ट्रिय टोलि तथा फर्स्ट क्लास क्रिकेट खेलेका खेलाडीहरु रहेका छन्।

जिम्बाबेका तर्फबाट नेपालमा सिरिजका खेल्ने खेलाडीहरुको विवरण यस्तो रहेको छः 

राष्ट्रिय टोलीबाट नखेलेका तर उमेर समुह तथा घरेलु फर्स्ट क्लासमा सहभागता जनाइरहेका

जोनाथन क्याम्पबेल : नियमित फर्स्ट क्लास खेलाडी, बायाँ हाते लेग स्पिनर 

ब्राड एभान्स : जिम्बाब्वेको उमेर समूहबाट खेलिसकेका २५ बर्षिया अलराउन्डर 

ग्वान्डु ट्रेभर: नियमित फर्स्ट क्लास खेलाडी, दायाँ हाते मध्य गतिका बलर

कुद्जाई माउन्जे : जिम्बाबेको उमेर समुहबाट खेलिसकेका ३१ वर्षीय अफ स्पिनर

क्लिभ मदंडे, जोन मसारा, भिक्टर न्याउचि, तफज्जा सिगा

राष्ट्रिय टोलीबाट खेलेका:

लुक जोंग्वे: लुकले जिम्बाबे राष्ट्रिय टोलीका तर्फबाट २५ एकदिवसीय, १ टेस्ट र १९ राष्ट्रिय टीट्वेन्टी खेलिसकेका छन्।

कैया इन्नोसेन्ट : उनले जिम्बाबेका लागि एकमात्र अन्तर्राष्ट्रिय टि ट्वान्टीमा आफूलाई प्रतिनिधित्व गरेका छन्।

रोय कैया : ३ टेस्ट र १ एकदिवसीय खेल खेलिसकेका रोय आफ्नो बलिङ एक्शन कारण अन्तर्राष्ट्रिय क्रिकेटबाट निलम्बनमा परेका थिए। 

तादीवानसे मरुमानी : जिम्बाब्वेका लागि सन् २०२१ मा डेब्यु गरेका मरुमानीले सम्म तीन एकदिवसीयरछ अन्तर्राष्ट्रिय टि-ट्वान्टी खेलिसकेका छन्।

ब्रान्डन मभुता : लागि सन् २०१८ मा टेस्ट डेब्यु गरेका ब्राण्डनले अहिले सम्म २ टेस्ट, ७ एकदिवसिय र ५ अन्तर्राष्ट्रिय टि-ट्वान्टी खेल खेलिसकेका छन्। 

टोनी मायुगा : सन् २०१९ मा बङलादेश विरुद्ध अन्तर्राष्ट्रिय टि-ट्वान्टीमा डेब्यु गरेका मायुगाले ५ अन्तराष्ट्रिय ट्वान्टी खेलिसकेका छन्।  

टिनोटेंदा मुतोमबोजी : दायाँ हाते ३१ बर्षिया लेग ब्रेक बलर मुतोमबोजीले जिम्बाबेका लागि ११ एकदिवसीय र ३ अन्तर्राष्ट्रिय टि ट्वान्टी खेलिसकेका छन्। 

भ्रमण अन्तर्गतको पहिलो एकदिवसीय खेल नेपालले ३० अप्रिलमा किर्तिपुर अन्तर्राष्ट्रिय खेल मैदानमा खेल्नेछ।

नेपाल क्रिकेट संघले शुक्रबार जिम्बाबे विरुद्धको खेलका लागि सन्दिप लामिछानेको कप्तानीमा २३ सदसिय टोलि घोषणा गरेको छ

 

 

 

 

Leave a Reply

Next Post

जिम्बाबे विरुद्धको खेलका लागि राष्ट्रिय टोलीको घोषणा

Fri Apr 22 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| जिम्बाबे ‘ए’ बिरुद्धको मैत्रीपूर्ण अभ्यास खेलका लागि नेपाल क्रिकेट संघले राष्ट्रिय टोलीको घोषणा गरेको छ।  कप्तान सन्दिप लामिछानेको नेतृत्वमा क्यानले शुक्रबार बिहान २३ सदस्यीय टोलीको टुंगो लगाएको हो।  टोलीमा विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी, सुनिल धमला र किशोर महतोले पुनरागमन गरेका छन्। यसअघि मलेसिया र पपुवा न्युगिनी […]
%d bloggers like this: