कस्तो होला त मेस्सी बिना आज हुन लागेको जोआन गाम्पेर ट्रफि को प्रतिस्पर्धा?

हाम्रो नेपाल स्पोर्ट्स| सदाझैं आयोजना हुने यसबर्षको जोआन गाम्पेर ट्रफि का लागि बार्सिलोना र युभेन्टस आमनेसामने हुने भएका छन्।

बार्सिलोना क्लबलाई स्थापना गर्नका लागि महत्वपूर्ण भूमिका खेलेका जोआन् गाम्पेर को सम्झनामा हरेक वर्ष नोउ क्याम्पले यो प्रतियोगिता आयोजना गर्ने गरेको छ।

सन् १९६६ बाट सुरुभएको उक्त ट्रफीका लागि युरोप तथा साउथ अमेरिकाबाट क्लबहरु बोलाइने गरीएको छ। सुरुवाती दिनहरुमा ४ टिमले प्रतिस्पर्धा गर्ने गरिएकोमा, सन् १९९७ बाट यसको स्वरुप परिवर्तन गरेर केवल दुई टीम बिच मात्र खेलाइने गरिएको छ।

खेल निर्धारित ९० मिनेटमा बराबरीमा गएको खण्डमा विजेताका लागि सोझै पेनाल्टी सुटआउट खेलिने गरिन्छ। अर्थात् अतिरिक्त समय यस खेलमा समावेश गरिएको छैन।

बार्सिलोनाको घरेलु खेलमैदान नोउ क्याममा आयोजना गरिने यो ट्रफी, बार्सिलोनाले सर्वाधिक ४३ पटक जितेको छ। बार्सिलना र युभेन्टस भने आज बेलुका हुने खेल यस ग्याम्पेर ट्रफीमा दोस्रोपटक आमने सामने हुँदैछन्।

यसअघि सन् २००५ मा भएको खेलमा युभेन्टसले बार्सिलोनालाई पेनाल्टीमा पराजित गर्दै पहिलोपटक गाम्पेर ट्रफि हात पारेको थियो। निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा गएपछि अतिरिक्त समय नहुने हुनाले खेल सोझै पेनाल्टीमा गएको थियो।

प्रतियोगितामा सबैभन्दा बढी गोल बार्सिलोनाका पूर्व खेलाडी लियोनल मेसीले गरेका छन्। सर्वाधिक सहभागिता जनाउने रेकर्ड पनि उनकै नाममा रहेको छ। उनले यस प्रतियोगितामा कुल ९ गोल गरेका छन्। तर यसपाली भने बार्सिलोना छाडीसकेको अवस्थामा मेस्सी विनाको खेल कस्तो हुने हो त्यो त हेर्न बाँकी नै छ।

युवेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो तथा बार्सिलोनाका पूर्व खेलाडी लियोनल मेस्सी खेली एकपटक मैदानमा फेरि आमने-सामने हुने पक्कापक्की जस्तै भएको बेला यसै साता मात्रै बार्सिलोनाले लिओनल मेस्सीले क्लब छोड्ने कुरा सार्वजनिक गरेको छ।

लिग सुरु हुन अब केहि दिन मात्र बाकि भएको अवस्थामा दुवै टिमको तयारी संगै खेलाडीहरुको फिटनेस र टिममा भित्रिएका नयाँ खेलाडीहरुको खेल के कस्तो हुनेछ भन्ने कुरा आजको खेलमा देख्न पाइनेछ।

 

 

 

 

 

Leave a Reply

Next Post

क्लब छोड्नु अघि भाबुक भए मेस्सी, केके भने त ? जान्नुहोस !!

Sun Aug 8 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। बार्सिलोना फुटबल क्लबबाट केहि दिन अगि फ्री एजेन्ट भै निस्किएका लायोनेल मेस्सीले आज प्रेस बिज्ञप्तिमा प्रत्यक्ष कुरा गर्दै आफ्ना धारणा राखेका थिए। प्रेस बिज्ञप्ति अन्तर्गत मेस्सीले भाबुक बोलेका कुराहरु यस प्रकार रहेका छन् : – ” बार्सिलोनामै रहन मैले स्वीकार गरिसकेको थिए, यो मेरो घर हो, […]
%d bloggers like this: