किरण चेम्जोंगले माल्दिभ्सको शिर्ष डिभिजनबाट खेल्ने

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर तथा कप्तान किरण चेम्जोंग माल्दिभ्सको शिर्ष डिभिजनमा अनुबन्धित भएपछि शुक्रबार सो तर्फ प्रस्थान भएका छन्।

चेम्जोङले माल्दिभ्सको माझिया स्पोर्ट्स एण्ड रिक्रिएसन क्लबबाट खेल्ने भएका हुन् ।

किरणले यसअघि २०१९/२० को सिजन भारतको आई लिग क्लब पन्जाब एफसीबाट खेल्दै आएका थिए। पन्जाब बाट एकपटक डिभिजन च्याम्पियन बनेका उनले उत्कृस्ट गोलकिपर बन्दै टोलीमा महत्वपूर्ण भूमिका खेलेका थिए।

पन्जाब भन्दा अघि उनि माल्दिभ्सकै टिसी स्पोर्ट्समा आफ्नो पहिलो माल्दिभियन लिग खेलिसकेका छन्।

पन्जाब एफसीसँगको सम्झौता समाप्त भएपछि किरणले माल्दिभ्सको माझिया स्पोर्ट्स एण्ड रिक्रिएसन क्लबसँग अनुबन्ध भएका हुन् ।

उनले यसअघि माल्दिभ्सको टिसी स्पोर्ट्स क्लबबाट पनि खेलेका थिए । २०१८/१९ को सिजनमा टिसी स्पोर्टसबाट खेल्दा किरणले लिगको उत्कृष्ट गोलकिपरको अवार्ड जितेका थिए । स्पोर्ट्स एण्ड रिक्रिएसन क्लब किरणका लागि माल्दिभ्सको दोस्रो क्लब हो ।

किरणले नेपालमा गत जेठमा सम्पन्न नेपालको दोस्रो ठुलो लिग प्रतियोगिता नेपाल सुपर लिगमा धनगढी एफसी क्लबबाट खेलेका थिए । धनगढी सुपर लिगमा दोस्रो भएको थियो ।

किरणले नेपालमा थ्री स्टारमा करिब ७ बर्ष बिताएका थिए। उनि सन् २००९ देखि २०१६ सम्म थ्री स्टारको टिममा आबद्ध थिए भने २०१७ मा मनांग मर्स्याङ्दीबाट खेलेका थिए।

किरणकै कप्तानीमा नेपालले माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा पहिलो पटक फाइनल खेलेको थियो । फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।

 

Leave a Reply

Next Post

प्रिमियर लिगमा आज लिभरपुल र आर्सनलको महाभिडन्त

Sat Nov 20 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस प्रिमियर लिग अन्तर्गत आज राति दुई ठूला क्लब आर्सनल र लिभरपुल आपसमा भिड्दै छन्। झण्डै दुई साताको अन्तराष्ट्रिय ब्रेकपछि शुक्रबारदेखि पुनः युरोप का लिगहरु सुरु भएका छन् सोही अन्तर्गत आज साँझबाट प्रिमियर लिगका खेलहरु सुचारु हुनेछन्।  लिगको १२ औं चरणको खेल अन्तर्गत चौथो स्थानमा रहेको […]
%d bloggers like this: