कुनै समय कोक सँगै सजाय पनि पाएका थिए रोनाल्डोले

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| यसपटकको युरो कपमा एउटा पत्रकार सम्मेलनमा क्रिष्टियानो रोनाल्डोले युरोको स्पोन्सर रहेको कोकाकोलाको बोतललाई हटाई दिएपछि उक्त घटना निकै चर्चित बन्न पुग्यो।

रोनाल्डोले कोकाकोलाको बोतल हटाई दिएपछि भोलिपल्ट कोकाकोलाको शेयरमा ४ बिलियन डलर ले कमी आएको भन्ने कुरा पनि बाहिर आएको थियो।

आफ्नो खेल जीवनको करिब-करिब अन्त्यको चरणमा आइसकेका रोनाल्डोले आफु अझै ४- ५ वर्ष उत्कृष्ट तवरमा खेल्न सक्ने बताउने गरेका छन्। शारीरिक स्वास्थ्यलाई आफ्नो गहना मान्ने क्रिष्टियानो रोनाल्डोले आफ्नो डाइटमामा पनि उत्तिकै संवेदनशिलता देखाउँछन् भन्ने खबरहरु बाहिर आउने गरेका छन्।

तर म्यानचेस्टर युनाईटेडमा सुरुवाती बर्षमा भने उनको डाइट संस्कार त्यस्तो राम्रो भने नभएको कुरा बताइन्छ। सोहि कुरामा म्यानचेस्टर युनाईटेडका प्रशिक्षक ओले गनर सोलसायरले एउटा रमाइलो प्रसङ्ग बाहिर ल्याएका छन्।

सोलसायरका अनुसार म्यानचेष्टर युनाइटेडमा हुँदा क्रिष्टियानो रोनाल्डोले एकपटक सोही कोकाकोला पिउँदै गर्दा उनीलाई एकजना सहपाठीले उनलाई कोक पिएको निहुँमा भित्तामा टस्सायेका थिए। प्रशिक्षक ओले ले कसले त्यस्तो गरे भनेर नाम खुलाउन चाहेनन्।

उनका अनुसार युनाइटेडको प्रशिक्षण स्थल क्यरिन्ग्टनमा बिहानै ब्रेकफास्टमा कोक पिईरहेको अवस्थामा उनलाई उनका साथीले भेट्टाएका थिए।

फिजिकल फिटनेसका लागि कोक जन्य पदार्थ फुटबलरहरुका लागि राम्रो नहुने विज्ञहरुको तर्क छ। र त्यसबखत आफ्नो करियरको शुरुवातमा रहेका हुनाले उनको शारीरिक स्वास्थ्यलाई मध्यनजर गर्दै त्यस्तो भएको हुन सक्ने उनी बताउँछन्।

सायद त्यहि घटनाले रोनाल्डो लाई कोक छाड्न प्रेरित गरेको थियो र उनि अहिले फुटबल जगतका महान खेलाडीमध्ये एक हुन पुगेका छन्।

सन् २०१७ मा एक अन्तर्वार्तामा उनले आफुले आफ्नो फिटनेसलाई अहिलेको जस्तै स्तरमा ४१ ४२ बर्षको उमेर सम्म लग्न सक्ने हुनाले अझै निकै वर्ष आफुले माथिल्लो लेवलको फुटबल खेल्ने बताएका थिए। आगामी दिनहरुमा उनको भनाईले जे जस्तो रुप लिएपनि उनको खेल प्रतिको लगावलाई सम्पूर्ण खेल प्रेमीले प्रशंसा भने अवश्य गर्नुपर्दछ।

Leave a Reply

Next Post

अस्ट्रेलियाको अहिले सम्म कै खराब ब्याटिंग, अन्तिम खेलमा लज्जास्पद हार

Tue Aug 10 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं|  बङ्गलादेश र अष्ट्रेलियाबीचको टीट्वेन्टी सिरिज बङ्गलादेशले ४ -१ ले आफ्नो पक्षमा पारेको छ। आज भएको अन्तिम खेलमा बङ्गलादेश ६० रनले विजयी भएको हो। सिरिजका अगाडिका खेलहरू जस्तै आज पनि लो स्कोरको खेल भएको थियो। टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको बंगलादेशले निर्धारित २० ओभरको खेलमा […]
%d bloggers like this: