के एम्बाप्पे अहिले संसारकै उत्कृस्ट फुटबल खेलाडी हुन त?

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्व फुटबलमै अहिले हटकेक रहेका फ्रान्सेली स्टार किलियन एम्बाप्पेका पछि नलाग्ने सायदै संसारका कुनै क्लब होलान।

पछि नलागुन पनि किन? जसले २३ बर्षको उमेरमा एक पछि अर्को किर्तिमान तोड्दै आँफुलाई उदाउँदो ताराका रुपमा स्थापित जो गराईसकेका छन्।

सन् २०१८ मा विश्वकै सर्बाधिक दोस्रो महँगो खेलाडी बनेर पेरिस पुगेका किलियनले यसै साता च्याम्पियन्स लिगमा रियल मड्रिड विरुद्ध अविस्मरणीय प्रदर्शन गर्दै पेरिसलाई जित दिलाए।

खेल बराबरी तर्फ धकेलिएको अवस्थामा निर्धारित ९० औ मिनेटको थपिएको इन्ज्युरी समयमा गोल गर्दा पेरिस उचालिएको थियो।

सन् २०१८ मा २० बर्षको उमेरमै विश्व बिजेता बन्दा टोलीका तर्फबाट शानदार प्रदर्शन गरेका उनि त्यसयता उत्तिकै प्रभावशाली बन्दै आएका छन्।

पेरिसका लागि यस सिजन २२ गोल गर्दै टोलीमा सर्बाधिक गोलकर्ता बनेका उनले, एक्लैले यस सिजन पेरिसलाई निकै खेल जिताईसकेका छन्।

टोलीमा एम्बाप्पेको अनुपस्थितिले नतिजामा फरक आउन थालिसकेको छ।

एम्बाप्पेबारे एन्सेलोटीले खेलपछि तारिफ गर्न पछि परेनन: “एमबाप्पे वास्तवमा रोक्न नसक्ने छन्, हामीले उसलाई नियन्त्रण गर्ने प्रयास गर्यौ। मिलिटाओले धेरै थोक गरे। ठीक छ तर उसले सधैं केहि नयाँ ल्याउन सक्छ र उसले खेलको अन्तिम मिनेटमा त्यो गर्यो।”

” उनि अहिले युरोपियन फुटबलमै सबै भन्दा राम्रा खेलाडी हुन।”

रियल मड्रिड जाने चर्को हल्ला बीच आफ्नो मन पर्ने क्लब विरुद्ध विश्व स्तरीय प्रदर्शन गर्नु चानचुने कुरा भने हैन। खेल अघि पनि भविष्यका बारेमा सोध्दा खेलमै ध्यान केन्द्रित रहेको बताएका किलियानले खेल पछि भने केहि कुरा राखेका थिए।

‘मैले आफ्नो भविष्य तय गरेको छैन,’ उनले मोभिस्टारलाई भने। ‘म पेरिस सेन्ट जर्मेनका लागि खेल्छु, संसारकै उत्कृष्ट क्लबमध्ये एक हो।

‘यो खेलले मेरो भविष्यलाई असर गर्छ? होइन – मैले निर्णय गरेको छैन, म मेरो उत्कृष्ट दिन्छु र त्यसपछि हामी अर्को सिजन के हुन्छ हेर्नेछौं।’

 

 

Leave a Reply

Next Post

ए डिभिजन लिग: मनांग विरुद्ध एपीएफको शानदार जित, एनआरटि विजयी

Thu Feb 17 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको खेलमा एपिएफ क्लबले मनांग मर्स्याङ्दी माथि शानदार जित हात पारेको छ। पहिलो हाफमा एक गोलले पछि परेको स्थितिलाई उल्टाउदै विभागीय टोलि एपीएफले ३-१ को शानदार जित आत्मसाथ गरेको हो। मनांगका लागि स्टार फरवार्ड अन्जन बिष्टले खेलको ३४औ मिनेटमा […]
%d bloggers like this: