हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ । फुटबल सम्बन्धि हुदै गरेको चर्चित बिबादले अहिले एउटा महत्वपुर्ण मोड लिएको छ।
आइतबार, १८ अप्रिल २०२१, मा युरोपियन सुपर लिगका अग्रिम प्लानहरु बाहिरिएको पछि बिस्व फुटबल जगतलाई झट्का लागेको छ। युरोपियन १२ चर्चित र ठुला क्लबहरुले एउटा नया प्रतियोगिता सुरु गर्ने फैसलामा सहमति जनाएको भन्दै पत्र जारि भएको थियो । यस प्रतियोगितामा हुने मुख्य बोर्ड सदस्यमा क्लब अनरहरुलाईनै हुने छन्।
जारि भएको स्टेटमेन्ट अनुसार ” युरोपका १२ फुटबल क्लबहरुको साथ्मा गरिएको फैसला अनुसार, युरोपियन फुटबलमा नया मिड-विक प्रतियोगिता सुरु हुने छ। ”
१२ फुटबल क्लबहरुमा ६ वटा टिम इङ्ग्ल्यनडबाट, तीनवटा टोलि र इटालीबात तिन टोलि हरु समाबेश गर्ने भनिएको छ । पहिलो सिजन अघि अझ तिन टोलिहरु जोडिने भनिएको छ र सो भए संगै प्रतियोगिता सुरुहुने छ ।
यो सबै निर्णय र मुख्य गरि प्रतियोगिता र प्रतियोगी टोलीहरुको बिरुद्दमा फिफा र युइएफ़एले आपत्ति जनाइरहेका छन्। युइएफ़ए अनुसार, सहभागी हुने खेलाडीहरुले राष्ट्रिय टोलिमा सहभागिता जनाउन नपाउने भनेको छ ।
के हो त युरोपियन सुपर लिग ?
– युरोपका सर्बोत्कृष्ट क्लबहरु समाबेश गरि आयोजना गरिने प्रतियोगिता जसले च्याम्पियन्स लिगलाई राइभल गर्ने छ ।
कति वटा टोलिहरु समाबेश हुने छन् र कुन कुन ?
– हालको फैसला अनुसार पहिलो सिजनमा २० वटा टोलीको सहभागिता रहने छ जस मध्ये १२ टोलिहरु कन्फर्म भैसकेका छन् । टोलिहरु यसप्रकार रहेका छन् : म्यान युनाइटेड, म्यान सिटि, चेल्सी, लिभरपुल, आर्सनल, टटेन्हाम, बार्सिलोना, रियल मड्रिड, अथ्लेटिको मेड्रिड, ए सी मिलान, इन्टर मिलान !! गर्मनका क्लब बरुसिया डर्ट्मनड, बायर्न म्युनिक र फ्रेन्च क्लब पिएस्जिले भने यस प्रस्तावलाई अस्विकार गरेका छन्।
कहिले बाट सुरु हुन्छ त सुपर लिग ?
– अहिले कुनै पनि मिति तय भएको छैन तर, प्रस्ताब अनुसार २०२२-२०२३ मा पहिलो सिजन हुने छ ।
टोलीहरुले कति पाउछन त पैसा ?
– १५ पर्मानेन्ट टोलीहरुले ३.५ बिलियन युरोस प्रतिबर्ष पाउनेछन ।
कसरी संचालन हुन्छ त सुपर लिग ?
– यस लिगमा १८-२० टोलि हुनेछन जसका खेलहरु मिड-विक मा खेलिन्छन र सिजनको अन्त्यमा बिजेताको लागि प्ले अफ हुने छ। टोलीहरुलाई १०-१० टिम गरि दुइ भागमा बाडिनेछन र शिर्ष ३ टोलीले सिधै कार्टर फ़ाइनल्स खेल्ने छन ।
कसले संचालन गर्छ त सुपर लिग ?
– हालको लागि सुपर लिगको चेयरम्यानको पोस्टमा रियल मड्रिडका प्रेसिडेण्ट फ़्लोरेण्टिनो पेरेज रहेका छन् ।
सुपर लिगमा प्रतियोगीतामा सहभागी टोलीलाई युइएफ़एले कस्तो सजाय दिदै छ त ?
– प्रतियोगी कुनै पनि टोलिले च्याम्पियन्स लिग प्रिमियर लिग खेल्न पाउने छैनन् ।
– प्रतियोगी खेलाडीले राष्ट्रिय टोलीमा समाबेश हुन पाउने छैनन्।