कोपा अमेरिका, सेमिफाइनल १ : ब्राजिल र पेरु भिड्दै, कस्तो छ त पछिल्लो तथ्यांक ?

Brazil and Peru sees each other in Semi-Finals

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। भोलि हुने कोपा अमेरिका अन्तर्गतको पहिलो सेमिफाइनलमा ब्राजिलले पेरुको सामना गर्दै छ। पाराग्य्वेलाइ पेनाल्टीको स्थितिमा पुगेर हराएको पेरुले आफ्ना अघिल्ला तिन खेलमा ६ गोल गरेको छ। त्यसैगरि चिलीलाइ १-० को गोलान्तरले हराउदै सेमिफाइनल प्रवेश गरेको ब्राजिलले आफ्ना अघिल्ला ३ खेलमा चार गोल गरेको छ।

क्वार्टर फाइनल अन्तर्गत चिलीको सामना गर्ने क्रममा ब्राजिलका महत्वपुर्ण खेलाडी गेब्रियल जेससलाइ रातो कार्डले दण्डित गरिएको थियो।  सो कारण ब्राजिललाइ भोलि हुने खेलमा केहि असहजता हुन सक्ने अनुमान गर्न सकिन्छ।

Brazil faces Peru in Semifinals
Brazil faces Peru in Semifinals / Credit : Web

दुवै टोलि सम्बन्धित संक्षिप्त तथ्यांकलाइ हेर्दा :

– ब्राजिलले आफ्ना अघिल्ला १२ खेलमा कुनै हार बेहोरेको छ भने पेरुले आफ्ना पछिल्ला चार खेलमा कुनै पनि हार बेहोरेको छैन।
– ब्राजिलले आफ्ना अघिल्ला १२ खेलमा लगातार रुपमा गोल गरेको छ भने पेरुले अन्तिम चार खेल मध्ये सबै खेलमा गोल गरेको छ ।
– आफ्ना अघिल्ला ३ खेलमा ब्राजिलले ४ गोल गरेको छ भने पेरुले आफ्ना अघिल्ला ३ खेलमा ६ गोल गरेको छ।
– अघिल्ला पाच खेलमा आमने सामने हुदा कुनै पनि खेलको नतिजा बराबरीमा रोकिएको थिएन।

ब्राजिल र पेरुको हेड टु हेड तथ्यांक :

दुवै टोलि बिच अहिले सम्म ९ पटक भेट भएको छ जस मध्ये ब्राजिलले ७ पटक जित निकालेको छ भने पेरुले २ पटक। हालसम्मको तथ्यांक हेर्दा दुवै टोलीले एक पटक पनि बराबरी गरेका छन।

कोपा अमेरिका अन्तर्गत २०१५ मा यी दुइ टोलि बीच पहिलो भेट भएको थियो। जसमा नेयमार र डिएगो कोस्टाको गोलको मद्धत ब्राजिलले २-१ को जित निकालेको थियो। २०१५ मै विश्वकप छनोट अन्तर्गतको भेटमा ब्राजिलले पेरुलाई ३-० को गोलान्तरले हराएको थियो। २०१६ अन्तर्गतओ कोपा अमेरिकामा भएको तेस्रो भेटमा पेरुले ब्राजिललाइ १-० को गोलान्तरले पराजित गरेको थियो। पेरुका लागि रुइडिएजले गोल गरेका थिए।

त्यस पश्चातका खेलहरुमा ब्राजिलको एकल दबाब रहन पुग्यो। २०१९ मा भएको मैत्रीपुर्ण खेलमा बिजयी हुन पुगेको पेरुले अन्तिमका केहि भेटमा बिशाल हार बेहोरेको थियो। यहि कोपा अमेरिका अन्तर्गतको समूह स्तरिय खेलमा ब्राजिलले पेरुलाइ ४-० को गोलान्तरले हराइसकेको छ। उक्त खेलमा ब्राजिलका लागि सेण्ड्रो, नेय्मार, रिबेइरो र रिकार्लिसनले एक एक गोल गरेका थिए।

Brazil faces Peru in Copa America SemiFinals
Brazil faces Peru in Copa America SemiFinals / Credit : Web

कोपा २०२० अन्तर्गत टोलीमा सबै भन्दा धेरै प्रभाब पारेका खेलाडीको कुरा गर्दा, ब्राजिलका लागि नेयामर सबैभन्दा धेरै गोल गर्ने खेलाडी रहेका छन् भने पेरुका लागि कारिल्लो सर्बाधिक गोल गर्ने खेलाडी रहेका छन्। नेयमारले दुइ गोल गर्दै दुइ एसिस्ट प्रदान गरेका छन् भने कारिल्लोले दुइ गोल गर्दै एक एसिस्ट प्रदान गरेका छन्।

Brazil seems favourite in the first Semi-Final
Credit: Web

भोलि बिहान नेपाली समय (४:४५ बिहान ) हुने खेलमा हामीले रोमाञ्चक प्रतिस्पर्धा देख्ने आशा राख्न सक्छौ। यस पहिलो सेमिफाइनलमा बिजयी हुने टोलिले दोस्रो सेमिफाइनल अन्तर्गत हुने अर्जेन्टिना र कलाम्बियाको बिजेतासंग फ़ाइनलमा प्रतिस्पर्धा गर्ने छ।

Leave a Reply

Next Post

पेरुबिरुद्द जित निकाल्दै ब्राजिल कोपा अमेरिका २०२० को फ़ाइनलमा !!!

Tue Jul 6 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। पेरुलाई हराउदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा !! ब्राजिल स्थित इस्टेडियो निल्टन सेण्टस स्टेडियममा भएको आजको खेलमा पेरुलाइ पराजित गर्दै ब्राजिलले आफ्नो फाइनलको यात्रा तय गरेको छ। खेलको पहिलो मिनेटबाटै आक्रामक देखिएको ब्राजिलले डिफेन्सतर्फ पनि राम्रो सतर्कता देखिएको थियो। आठौ मिनेटमा पेक्वेटाले ब्राजिलका लागि पहिलो मौकाको सिर्जना […]
Brazil defeats Peru and has secured place in the Finals
%d bloggers like this: